Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ट्राफिक सप्ताह सकियो

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ १ असार । बागलुङमा सञ्चालित एक सातारुपमा सञ्चालित  ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ  ट्राफिक सप्ताह शनिबार सम्पन्न  भएको छ ।

<span;>गत आइतबारदेखि सप्ताह शुरु कार्यक्रम सात दिनको समीक्षा गर्दै सम्पन्न गरिएको हो । सप्ताहव्यापी कार्यक्रममा  सवारी चालकलाई सम्मान, ट्राफिक नियमबारे सचेतना, सन्देशमुलक स्ट्रिकर टाँस्ने, सवारी चेक लगायतका कार्यक्रम भएका हुन् ।

समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ट्राफिक नियम पालना गर्दा सभ्य नागरिकको परिचय बनाउन सकिने बताए । उनले हरेक सडक यात्रीदेखि सवारी चालकले सडक नियम पालना गरेमा नेपालको ट्राफिक व्यस्थापन सहज हुने विश्वास व्यक्त गरे  ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ट्राफिक सप्ताहको रुपमा मात्र नभइ वर्षभरि नै ट्राफिक नियम पालना गर्दै सप्ताहको मर्म बुझेर लाग्नुपर्ने बताए । उनले सानो कमजोरीले मानवीय जीवननै क्षति हुने भएकोले ट्राफिक नियम पालना गर्नुपर्ने धारणा राखे ।

पछिल्लो समय प्रहरी देखेर मात्र सिट बेल्ट लगाउने, नियम पालना गरेझै गर्ने प्रवृत्ति बढेको छ । यो देखाउनका लागि नभइ सुरक्षाका लागि भएकोले हरेक नागरिक र सवारी चालक सचेत बन्नुपर्ने सरोकारवालाको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता, प्रहरी सहायक निरिक्षक सुदिप भट्टराइको संचालन र प्रहरी नायव निरीक्षक तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम विकको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक तिलक भारतीले ट्राफिक सप्ताहको समीक्षा समेत गरेका थिए

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com