Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया सम्पन्न

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ ३ असार । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघबीच आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हालसालै सम्पन्न नीजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघको ६१औँ साधारण सभा तथा १९औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यलाई वधाई तथा शुभकामनासँगै नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको हो ।

सो अवसरमा उद्योगी व्यवसायीहरुले नगरमा करको दायरा फराकिलो बनाउन र दर घटाउन आग्रह गर्दै व्यवसायीको सरक्षण गर्न निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव दिएका थिए ।

सो अववरमा बोल्दै बागलुङ नगपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नीजि क्षेत्र आर्थिक क्षेत्रको समृद्धिको आधार स्तम्भ भएकोले नगरपालिका उद्योगी व्यवसायीहरुको साथमा रहेको बताउनुभयो ।

नीजि क्षेत्रको समस्या आफुले नजिकबाट नियालेको भन्दै व्यवसायी मैत्री नीति तथा कार्यक्रमको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

नगरपालिका र नीजि क्षेत्रको सहकार्यतालाई अगाडी बढाएर आर्थिक समद्धि हासिल गर्नु आवश्यक बताउनुभयो ।

उद्योग वाणिज्य संघ सँग सार्वजनिक निजी साझेदारी कार्यक्रम (सानिसा) कार्यक्रम गर्न नगरपालिका तयार रहेको बातउनुभयो ।

उहाँले व्यवसायिक सुरक्षाको प्रत्याभुती दिलाउन नगरपालिका र उद्योग वाणिज्य संघको कार्यगत एकता आवश्यक रहेको समेत धारणा राख्नु भयो ।

बागलुङ व्यसायिक सम्भावना हुँदा हुदै पनि तरिका नमिल्दा व्यावसयिक फाइदा लिन नसकेकोले सकारात्मक धाराणा विकास गर्न आवश्यक रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ।

नगर उपप्रमुख राजु खड्काले नगरपालिका समृद्ध बागलुङ नगरको परिकल्पनाका साथ आगाडी बढेकोले हरेक क्षेत्र र वर्गका नागरिकको सल्लाह सुझाव र साथ आवश्यक रहेको बताउनुभयो ।

सरोकारवाला र आम नागरिकको सुझावबाटै नगरपालिकाको कार्यक्रम र बजेट बनाउने योजना नगरपालिकाको रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बजारमा काम गर्ने जनशक्ति नहुँदा उद्योग चलाउन विदेशी कामदार ल्याउनुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई गाउँमै उद्यमी बनाउने खालका कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

नगरपालिका र संघ मिलेर नगरको पर्यटन उद्योग र रोजगारीको क्षेत्रमा काम गर्न अब ढिला गर्न नहुने शाक्यको भनाई थियो । शाक्यले आगामी नीति तथा कार्यक्रममा उद्योगी व्यवसायी मैत्री योजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम महासचिव इन्द्रमणी पौडेल (अर्जुन) ले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

ताजा समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com