Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा अरुण स्मृति साँझ

  • १ वर्ष अगाडि

बागलुङ , ६ साउन । नेपाली सुगम संगित क्षेत्रका अजर अमर गायक स्वर्गीय अरुण थापामगरको २६ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति साँझको आयोजना गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ बागलुङ र नेपाल मगर सांस्कृतिक संघ बागलुङको संयुक्त आयोजनामा अरुण स्मृति साँझको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य गणेशबहादुर थापामगरले गित संगितको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सफल स्वर्गीय गायक अरुण थापालाई राज्यले सम्झनुपर्ने बताए ।

‘अरुण थापाको सम्झना राज्यले गर्नुपथ्र्यो, आज हामीले यहाँ एउटा समुदायको तर्फबाट सम्झना गरिरहेका छौं,’थापाले भने,‘नेपालको संगित जगतमा उहाँको योगदान अतुलनीय छ ।’ नेपाल मगर सांस्कृतिक संघ बागलुङका सचिव यामदिप पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल मगर संघ बागलुङका सचिवालय सदस्य संगम घर्तीमगरले गरेका थिए । कार्यक्रम नेपाल मगर संघ बागलुङ र मगर युवा संगको सहकार्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागलुङका स्थानीय कलाकारहरु किशोर थापा, प्रेम बुढामगर, प्रकाश थापा, आकाश काउचा, मञ्जुल शाक्य लगायतले अरुण थापाको गित गाएर स्मरण गरेका थिए ।

२००९ सालमा जन्मिएका गायक अरुण थापाले गाएको ऋतुहरुमा तिमी हरियाली बसन्त हौं नदीहरुमा तिमी पवित्र गंगा हौ भन्ने बोलका गित बीबीसीले गरेको विश्व सवेक्षणमा उत्कृष्ट १० भित्र सातौं स्थानमा परेको थियो । स्वर्गीय गायक थापाले गाएको जति माया लाए पनि जति कसम खाए पनि, भुलुभुलु लाग्य मलाई सपनीमा निको लाग्दैन विपनी, चोट के हो व्यथा के हो म जस्तो घाईतेलाई सोध, दोष कसैलाई दिन चाहान्न, म रोए पनि तिमी हाँस्नु लगायतका कालजयी गितहरु अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छन् ।

४७ वर्षको अल्पायुमै हेपाटाइटिस बी को संक्रमणका कारण गायक अरुण थापाको निधन भएको थियो । स्वर्गीय गायक अरुण थापाको जिन्दगीमा दुई घरबार भएका छन् तर दुबै घरबार असफल भएपछि उनले आफ्नो जीवनसंग मेल खाने वियोगान्त गितहरु गाउन पुगेका छन् । संगितको कुनै औपचारिक शिक्षा बिना नै थापाले गाएका सुगम संगितका गितहरुले नेपाली गित संगित क्षेत्रलाई धनी बनाईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com