बागलुङ , ११ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गएको चार वर्षमा चार करोड भन्दा बढि राजस्व संकलन गरेको छ ।
पछिल्लो चार वर्षमा चार करोड एकचालिस लाख चालिस हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आर्थिक वर्ष २०७८/ ७९ मा एघार हजार पाँच सय पचाँस वटा मोटरसाइकल , कार , जिप, ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि उनन्सत्तरी लाख अन्ठानब्बे हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख गंगाराम बिकले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा पन्ध्र हजार छ सय पचाँस वटा मोटरसाइकल कार जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक करोड अठार लाख दश हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सोह्र हजार तीन सय अठहत्तरवटा मोटरसाइकल ,कार ,जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक करोड एक्काइस लाख एकहत्तर हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा पन्ध्र हजार पाँच सय त्रिपन्न वटा मोटरसाइकल कार जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक करोडएकतीस लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालय बागलुङका प्रमुख गंगाराम बिकले बताउनुभयो ।