बागलुङ साउन १५ । विश्व युवा दिवसको अवसरमा बागलुङ दौड प्रतियोगिता हुने भएको छ । लायन्स क्लव अफ बागलुङ कालिगण्डकी र लियो क्लब अफ बागलुङ कालिगण्डकी ले दिवसको अवसरमा श्रावण २७ गते दौड प्रतियोगिता आयोजना गरेको हो ।
बागलुङ कालिका भगवती मन्दिरदेखि कुडुले सालिग्राम सङ्ग्रहालयसम्म १० किलो मिटरको दुरीमा दौड आयोजना गरिएको क्लवका अध्यक्ष लखन थापाले बताउनु भयो ।
स्वास्थ्यप्रति सचेतना बढाउदै युवाहरूलाई प्रेरणा दिने र
बागलुङको पर्यटन तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विनोद कार्कीले जानकारी दिनुभयो ।
सबैक खुला सहभागितामा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद ट्रफी मेडल प्रमाणपत्र ,द्वितिय हुनेले ५ हजार , तृतिय हुनेले ३ हजार , चौथो र पाँचौं हुनेले २ हजार र १ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने लियो क्लव अफ बागलुङ कालिगण्डकीका अध्यक्ष टिकाजित बहादुर पुनले बताउनुभयो । क्लवले गत वर्षपनि कार्यक्रम आयोजना गरेको थियो ।










