Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ढोरपाटनमा हिरो धौलागिरीको ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न

  • १० महिना अगाडि

रोहन जि.सी 

बागलुङ ,  साउन १८  । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हिरो मोटोकर्प नेपाल र चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) को संयुत्त आयोजनामा सञ्चालित ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न भएको छ।

गत शुक्रबार र शनिबार सम्पन्न उक्त राइडले बागलुङ सदरमुकामदेखि ढोरपाटनसम्मको यात्रा गर्दै घोडाबाधे, हटिया, खरबाङ र बुर्तिवाङजस्ता प्रमुख स्थानहरू समेत भ्रमण गरेको थियो।

राइडमा २० वटा हिरो मोटरसाइकलहरूको टोली सहभागी थियो, जसमा नेपालकै चर्चित मोटोभ्लगरहरू तथा राइडरहरू, विभिन्न जिल्लाबाट आएका राइडरहरू तथा स्थानीय साहसिक यात्रा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कार्यक्रमले ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पुगेको विश्वास गरिएको छ।

कार्यक्रमको समापनपछि चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) का म्यानेजिङ डाइरेक्टर अस्कर श्रेष्ठले यो राइड केवल यात्रा मात्र नभई यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको जगेर्ना र प्रवर्द्धनको अभियान रहेको र यात्रामा देखिएको उत्साहले हिरो धौलागिरी भविष्यमा अझ व्यापक कार्यक्रमहरू गर्न प्रेरित गरेको बताउनुभयो ।

राइडमा सहभागी इन्डियुरो नेपालका मोटोराइडर पवन गुरूङलेले ढोरपाटनको यात्रा साहसिक मात्र नभई भावनात्मक रूपमा पनि जोडिने अनुभव रह्यो अब यो ठाउँको प्रवर्द्धनका लागि आफ्नो सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै अर्का राइडर बागलुङ नगरपालिका वडा नम्बर ९ निवासी ५० वर्षीय राम खड्काले पहाड, वर्षा, खुला घाँसे मैदानले यात्रा कठिन भएपनि एक्स पल्स बाईकले सहज बनाएको र स्थानीय संस्कृतिले यो यात्रा स्मरणीय रहेकाले घोडाबाधेदेखि बुर्तिवाङसम्म यात्राको क्रममा विविध स्थानीयता अनुभव गरेको जानकारी दिनुभयो । सहभागी मोटोराइडर तथा डिजिटल क्रियाशील व्यक्तिहरूले हाल ढोरपाटन, बागलुङ र यस क्षेत्रको सौन्दर्यबारे युट्युब च्यानल, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत भिडियो, रील्स र स्टोरीहरू शेयर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकहरूमाझ ढोरपाटनलाई प्रवर्द्धन गरिरहेका छन्।सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट यो कार्यक्रमले डिजिटल पर्यटन प्रवर्द्धनमा समेत नयाँ उदाहरण प्रस्तुत गरेको छ।

ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र कानुनी शिकार आरक्ष हो, जुन बागलुङ, म्याग्दी र रुकुम जिल्लाका केही भागहरूमा फैलिएको छ। समुद्री सतहदेखि २८५० मिटरदेखि ५५०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्र प्राकृतिक जैविक विविधता, अलौकिक फूलहरू, बाँसका जंगल, हिमाली दृश्य र शान्त ओह्रालो घाँसे मैदानहरूले भरिपूर्ण छ।

स्थानिय निकाय, व्यवसायी, युवा तथा पर्यटनप्रेमीहरूलाई समेट्दै गरिएको यो पहलले बागलुङ, धौलागिरी र ढोरपाटन क्षेत्रलाई साहसिक र पारिवारिक गन्तव्यको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्। ‘हिरो मन्सुन म्याडनेस राइड’ अब केवल यात्रा होइन, ढोरपाटनको पर्यटकीय जागरणको एउटा अभियान बनेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com