काठमाडौं । मकवानपुरमा खहरे खोलाले बगाएका एक व्यक्तिको जिवितै उद्धार भएको छ ।
मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोला तर्नेक्रममा बहाव बढेर बगेका अन्दाजी ४४ वर्षीय बिवय सिंह भोम्जनको प्रहरीले उद्धार गरेको हो ।
काठमाडौंबाट फुलबारी घर फर्किँदै गर्दा शुक्रबार साँझ ७:३० बजेतिर खोलामा पानीको बहाव अचानक बढ्दा करिब १०० मिटर तल बगाएका थिए ।
घाइते अवस्थामा भेटिएका उनलाई प्रहरी चौकी ठुलोडमार, मकवानपुरबाट प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको ४ सदस्यीय टोलीले राति ८:२० बजे उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ ।
लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।