Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेकपा एमाले बागलुङको विधान अधिवेशन तथा सुझाव संकलन विशेष वैठक सम्पन्न

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ, ९ भदाै  । बागलुङ । नेकपा एमाले बागलुङले विधान अधिवेशनका लागि सुझाव संकलन विशेष वैठक सम्पन्न भएको छ । जिल्ला कमिटि बागलुङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले निती र विधिमा स्थायित्व भएमा मात्रै देश समृद्ध हुने बताएका छन । गुरुङले माक्सवाद र लेलिनवादमा जस्तै नीति र विधिमा स्थायीत्व भएमा मात्रै देश समृद्ध हुँने बताएका हुन ।
उनले छिटो–छिटो फेरिने संविधान र नेतृत्वले देशलाई सहित ढंगले अघि लान नसकेको बताए । “नीतिमा स्थायित्य र विधिमा स्थायित्व भएमा नेतृत्वमा स्थायित्व हुन्छ, नेतृत्वमा स्थायित्व भएमा राजनीतिक स्थायित्व हुन्छ र राजनैतिक स्थायीत्व भएमा देश समृद्ध बन्छ” गुरुङले भने“त्यसैले नीति र विधि छिटो–छिटो परिवर्तत गरिरहने र शंसोधन गरिरहने विषय राम्रो होइन ।”
उनको राजनीतिक स्थायीत्व बिना मुलकुले स्थायीत्व प्राप्त गर्न सक्दैन र देश अघि बढ्दैन भन्दै तर्क रहेको थियो । गुरुङले नेपालमा राजनैतिक अस्थिरताका कारण विकास कमजोर भएकाले नेतृत्व स्थायीत्व गराउनका लागि जनता जागरुक हुन आवश्यक रहेको बताए ।
उनले व्यवस्थापिका संसदको काम कानुन बनाउने भएपनि राजनीतिक संस्कार बिग्रेर बाटोघाटो केन्द्रित भएको बताउदै सचेत व्यक्तिले कानून निर्माणमा सुझाव दिन आवश्यक रहेको बताए ।
विधान महाधिवेशमा धेरै छेडछाड नहुँने बताउदै स्थायित्वका लागि मात्रै विधान महाधिवेशन केन्द्रित रहने उनले बताए । अमेरिका र भारतको जस्तो स्थायी संविधान बनाउन सकेमा मात्रै देशले फड्को मार्ने बताए । लहै–लहैको आधारमा संविधान र विधिको विषयमा प्रश्न गर्न नहुने भन्दै गम्भिर अध्ययन र त्यसका प्रभावका विषयमा अध्ययन गरेर मात्रै बोल्नुपर्नेमा उनले जोड दिए ।
एमालेको नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे शर्तलाई संसोधन गरेर प्राकृतिक छनौटको आधारमा नेतृत्व चयन गनुपर्नेमा विधान महाधिवेशन केन्द्रित रहने गुरुङले बताए । उनले उमेरका हिसाबले नेतृत्व छनोट गर्ने कुरा नमिल्ने बताउदै एमालेले उमेर हदलाई फेर्नेमा जोड दिने बताए । कार्यक्रममा जिल्लामा नेता तथा कार्यकर्ताले विधान महाधिवेशनकाका लागि विभिन्न सुझावहरु प्रदान गरेका छन ।
नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर के सीको अध्यक्षता उपाध्यक्ष विष्णु भुसालको स्वागत र उपसचिव धन बहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com