Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

  • ५ दिन अगाडि

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा दिउँसो लागू भएको कर्फ्यु हटाएको छ। अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म मात्र लागू हुनेछ।

यससँगै सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र निषेधाज्ञा जारी रहनेछ। बिहान ११ बजेसम्म भने निषेधाज्ञा पूर्ण रूपमा हटाइएको थियो।

जेनजी आन्दोलनका क्रममा हिंसा भएसँगै लगाइएका कडा सुरक्षा व्यवस्थामा केही लचकता देखाइएको हो। निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाइएपछि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। आज बिहान सवारीसाधनहरूको सङ्ख्या अघिल्लो दिनभन्दा बढी देखिएको छ।

भदौ २३ गतेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। त्यसपछिका घटनामा कम्तीमा ३६ जनाको मृत्यु र सयौँ घाइते भएपछि भदौ २४ गते रातिदेखि सेनाले सुरक्षा कमान्ड सम्हालेको हो।

सुरुमा देशभर कर्फ्यु लगाइए पनि अहिले उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन

वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा

 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

जेनजी आन्दोलनपछि लाइसेन्स छपाइ र वितरण अनिश्चित कालका लागि बन्द

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com