काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
नयाँ संविधान जारी भएदेखि अहिलेसम्मका सबै सरकारहरू संविधानको धारा ७६ अनुसार बनेका थिए। तर, जेन–जी आन्दोलनको दबाबपछि बनेको नयाँ राजनीतिक परिस्थिति अनुरूप कार्कीले धारा ६१ अनुसार नियुक्ति पत्र पाएकी हुन्।
नेपालको संविधानको धारा ६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ। उक्त धारामा प्रधानमन्त्रीको पद वा नियुक्ति प्रक्रियाको स्पष्ट प्रावधान भने छैन। धारा ६१ (१) र (२) अनुसार, राष्ट्रपति राष्ट्राध्यक्ष हुने र संविधान तथा सङ्घीय कानुनअनुसार कामकाज गर्ने उल्लेख छ। साथै, राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालना तथा संरक्षण गर्ने जिम्मेवारी पनि राष्ट्रपतिलाई दिइएको छ।