Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

  • १२ महिना अगाडि

बागलुङ २८ भदौ । बागलुङका जेन्जी युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेको बताएका छन् ।
शनिबार सदरमुकाम आयोजित पत्रकार सम्मेलनमा उनीहरुले लोकतान्त्रिक मूल्य, मान्यता, सहिष्णुता र पारदर्शिताका पक्षमा सँधै रहिरहने जनाएका हुन् ।

जेन्जी आन्दोलनका अगुवा अभिषेक कटुवालले जेन्जी पुस्ता देशको भविष्य निर्माण गर्ने पिढीँ भएको उल्लेख गर्दै सुशासन, समान अवसर र दिगो विकासका लागि जेन्जी पुस्ताले विद्रोह गरेको बताए ।

उनले पुरानो पुस्ताले गरेको गलत कामको परिणाम जेन्जी पुस्ताले भोग्नुपरेको सुनाए । कटुवालले संविधान र लोकतन्त्रप्रति जेन्जी पुस्ता प्रतिबद्ध रहेको बताए । जेन्जीको माग अनुसार बनेको नयाँ सरकारले घोषणा गरेको निर्वाचन सफल पार्न सबै पक्षको सहयोग चाहिने उनको भनाइ छ । “पुराना राजनीतिक दललाई पनि सच्चिएर चुनावमा जाने र नयाँ जनादेश लिने अवसर आएको छ”, उनले भने ।

देशमा मौलाएको भ्रष्टचार, बेथिति र असमानताकाविरुद्ध जेन्जी युवाले गरेको आन्दोलन सफल भएसँगै देशले नयाँ बाटो लिएको कटुवालले बताए । “पुरानो पुस्ताले भ्रष्टचार गर्ने, देश बिगार्ने, बेथितिलाई मलजल गर्ने तर त्यसको पीडा र असर हाम्रो पुस्ताले व्यहोर्नुपर्र्ने अवस्था छ”, उनले भने, “देशको अवस्था बिग्रनुमा हाम्रो कुनै भूमिका छैन, हामी निर्दोष पुस्ता हौँ ।”

कटुवालले जेन्जीको अभियान केबल विरोध र मागमा मात्र सीमित नरहेको भन्दै यो पुस्ताले परिवर्तनको आन्दोलनमा आफ्नो भूमिका र नेतृत्व स्थापित गर्ने अवसरका रुपमा लिइएको बताए । अर्का जेन्जी युवा रोहन भण्डारीले जिल्लामा जेन्जी आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

जेन्जीले मात्र सुरु गरेको आन्दोलनमा नागरिक समर्थन प्राप्त भएको र त्यो नागरिकको समझदारी, सहभागिता र सहयोगले मात्र सम्भव भएको उल्लेख गरे । जेन्जी बागलुङले जिल्लामा भएको आन्दोलनलाई जिम्मेवार र शान्तिपूर्ण बनाउन सहयोग गर्ने बागलुङवासी जनसमुदाय, सरोकारवाला निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई विज्ञप्तिमार्फत आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com