Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

  • १२ महिना अगाडि

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिवार साँझ ललितपुरस्थित नख्खु कारागार फर्किएका छन्।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै कारागारबाट निस्किएका थिए। उनीसहित थुप्रै कैदीबन्दी कारागारबाट बाहिरिएपछि प्रशासनले आलोचना खेप्नु परेको थियो।

शनिवार कारागार फर्कँदै लामिछानेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफू जन्मदिनकै दिन स्वतःस्फूर्त रूपमा फर्किएको बताए। “पछिल्लो सरकारले राजनीतिक प्रतिशोधका कारण अन्याय गरेको थियो, तर अहिले न्यायको प्रतीक स्वयं प्रधानमन्त्री भएकी छन्, त्यसैले अब अन्याय नहुने विश्वासका साथ कारागार फर्किएको हुँ,” उनले भने।

लामिछाने फर्किए लगत्तै जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले उनलाई कारागारमा राख्ने तयारी भइरहेको र सुरक्षाका लागि सशस्त्र प्रहरीमा पत्राचार गरिएको जानकारी दिए। “आइसकेपछि फर्काउने कुरा हुँदैन, उहाँलाई आवश्यक सुरक्षा प्रदान गर्ने तयारी छ,” अधिकारीले भने।

कारागार प्रशासनले पनि लामिछानेलाई राख्नेबारे सुरुमा द्विविधा देखाए पनि अहिले थप सुरक्षा व्यवस्थासहित बस्ने व्यवस्था मिलाइँदै छ। कारागारभित्र लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल समेत रहेका छन्।

नख्खु कारागारमा कैदीबन्दीहरूले अघिल्लो हप्ता प्रदर्शन र आगजनी गरेपछि हजारौँ कैदी देशभर फरार भएको अनुमान छ। तर पछिल्ला दिनहरूमा क्रमशः कैदीहरू फर्कन थालेका छन्।

लामिछानेको कारागार फर्किएपछि राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सुरु भएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com