काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चित कालका लागि बन्द गर्ने घोषणा गरेको छ।
विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभागको संरचनामा तोडफोड, आगजनी र चोरी/लुटपाट भएका कारण इलेकट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा ठुलो क्षति पुगेको उल्लेख गरिएको छ।
यसका कारण चालक अनुमति पत्र छपाइ र वितरण मात्र नभई विद्युतीय सवारी साधन दर्ता प्रणाली (EDLVRS) लगायत सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको छ।
विभागका अनुसार अर्को सूचना नभएसम्मका लागि सबै प्रविधि–आधारित सेवा रोकिएको छ।