Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

इलाममा भीषण वर्षासँगै पहिरो: १८ जनाको मृत्यु, केही बेपत्ता

  • ७ महिना अगाडि

१९ असोज, इलाम । अविरल वर्षासँगै खसेको भीषण पहिरोले इलाममा ठुलो जनधनको क्षति भएको छ। आइतबार बिहानसम्म विभिन्न स्थानमा खसेका पहिरोका कारण कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कयौँ जना बेपत्ता रहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।

कोसी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार इलामका सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ।

सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५ ढोरेमा १ जना, धुसुनेमा २ जनाको, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–६ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

इलाम नगरपालिका–६ घोसोस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको हो।
त्यस्तै, राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
देउमाई–५ घुसेनीमा पहिरोले २ जनाको ज्यान लिएको छ भने ३ जना बेपत्ता छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार, माङसेबुङ गाउँपालिका–१ मा एक जना गर्भवतीसहित दुई जना गम्भीर घाइते भएका छन्। उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुगेको छ, तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, हेलिकप्टरमार्फत उद्धारको प्रयास गरिएको भए पनि मौसम प्रतिकूल हुँदा अवतरण गर्न नसकिएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, अहिले पनि केही स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार तथा राहत कार्यमा खटिएका छन्।
लगातारको वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध भएका छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

ताजा समाचार

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com