बागलुङ , असोज २९ । मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि कार्तिक ३ र ४ गते मुलपानी माध्यामिक विद्यालयको प्रागणमा हुने भएको हो ।
मुलपानी स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको प्रतियोगितामा विजेता र उपविजेताले हुनेलाई खसी ,ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएका गरिने क्लवका अध्यक्ष नविन के सीले जानकारी दिए ।
उक्त प्रतियोगितामा १२ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
खेलमा ८ जना सम्म खेलाडि खेल्न पाउने छन्भने रातो कार्ड प्राप्त गर्ने खेलाडीले १ सय रुपैयाँ जरिवाना तिर्ने छ भने पहेलो कार्ड प्राप्त गर्ने खेलाडिले ५० रुपैयाँ जरिवाना तिर्नु पर्ने क्लवका सचिव सागर खत्रीले जानकारी दिए ।










