Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ, १८ मंसिर । बागलुङमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका (निलो) र पर्वतको पैयुँ गाउँपालिका भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागलुङ नगरपालिकाले टाइब्रेकरमा उदयपुरको कटारी नगरपालिका ५का विरुद्ध ४ गोल गर्यो भने दोस्रो सेमिफाइनल खेलमा पैयुँ गाउँपालिकाले म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा ४ विरुद्धका २ गोल गरि उपाधि नजिक पुगेका हुन् ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागलुङले कटारीलाई निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो । बागलुङको जितमा गोलरक्षक युनिश श्रेष्ठ नायक बने । उनले टाइब्रेकरमा कटारीका गणेश भुजेलको प्रहार रोके ।

टाइब्रेकरमा बागलुङको तर्फबाट निशान थापा, राजिव श्रीस, अमृत्त थापा, विविध थापा र अप्सन गौतमले गोल गरे । कटारीको लागि डिकेश लामा, पवन तामाङ, हेमन्त भुजेल र कृष्ण आले मगरले गोल गरे ।

त्यस अगाडि बागलुङले २–० को अग्रता लिएपनि जोगाउन सकेको थिएन । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा भएको खेलमा बागलुङले ३५ औं मिनेटमा पेनाल्टी मार्फत खेलमा अग्रता लिएको थियो । ३५ औं मिनेटमा कटारीका कप्तान रितिक श्रेष्ठले डिबक्समा हेन्ड गरेपछि बागलुङले पेनाल्टी पाएको थियो । पेनाल्टीमा बागलुङका कप्तान निशान थापाले सहजै गोल गर्दै अग्रता दिलाए ।

खेलको ४८ औं मिनेटमा बागलुङका निश्चल महतले हेडिङ्ग गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए ।

कटारीका अभिषेक खड्काले तीन मिनेटमा दुई गोल गर्दै कटारीलाई खेलमा फर्काए । खड्काले ५० औं मिनेट र ५३ औं मिनेटमा गोल गरे । निर्धारित ८० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि टाइब्रेकरमा धकेलिएको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बेनी नगरपालिका म्याग्दीलाई पराजित गर्दै पैयुँ गाउँपालिका पर्वत उपाधि नजिक पुगेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पैयुँले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।

पैयुँको जितमा गोलरक्षक बिजन बस्याल नायक बने । उनले टाइब्रेकरमा बेनीका रविन खड्काको प्रहार रोके । बेनीका किरण थापाको प्रहार बाहिरिएको थियो ।

पैयुँको तर्फबाट कप्तान विश्वास श्रेष्ठ, बिशाल विक, सागर थापा र समिर नेपालीले गोल गरे । बेनीको लागि सनम विक र मनिष श्रेष्ठले गोल गरेका थिए ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा नकआउटका आधारमा संचालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल आज हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com