बागलुङ,१८ मंसिर । बागलुङमा जिप दुर्घटनामा परी ८ जना घाइते भएका छन ।
बरेङबाट बागलुङ बजार तर्फ आउदै गरेको ग ३ च ४८३४ नम्बरको पिक अप जीप बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।
गम्भिर घाइतेहुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन् । यस्तै अन्य घाइतेहरुमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेका प्रहरी प्रमुख भारतीले जानकारी दिनुभयो ।
घाइतेलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।










