Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

  • नेपाल सञ्चार
  • ४ महिना अगाडि

बागलुङ, १६ पुस । बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेण्टल होमले उपाधि जितेको हो । पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको मेरो डेण्टल होमले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले जित्यो ।

उपाधि जितेको मेरो डेण्टल होमले ट्रफीसहित नगद ८१ हजार ५ सय रुपियाँ प्राप्त गर्योभने उपविजेता नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले ट्रफीसहित नगद रु. ४१ हजार ५ सय रुपियाँ हात पारेको छ ।

प्रतियोगितामा द सिल्भर प्यालेस बागलुङलाई पराजित गर्दै २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै निसी रिभर आइटिएफ बागलुङले तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरेको निसीले ट्रफीसहित २१ हजार ५ सय रुपियाँ प्राप्त गर्यो । यस्तै सान्त्वना स्थान प्राप्त गरेको द सिल्भर प्यालेसले ट्रफीसहित ११ हजार ५ सय रुपियाँमा चित्त प्राप्त गरेको छ । महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।

यस्तै महोत्सवको अर्को आकर्षण गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भोली (बिहिबार)देखि सुरु हुने प्रतियोगिताका संयोजक अकिल बहादुर क्षेत्री (धुर्व)ले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगितामा १४ टिम सहभागी रहेको संयोजक क्षेत्रीले बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि सुरु भएको आठौँ बागलुङ महोत्सव पुस २२ गतेसम्म संचालन हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com