बागलुङ , २४ पौष । बागलुङमा रहेको धवलागिरी बहुमुखी क्याम्पसको पुस्तकालयलाई उपकरण सहयोग गरिएको छ ।गलकोट नगरपालिका -२ घर भई हाल जापानमा कार्यरत नविन रेग्मीले सहयोग गरेका हुन् ।
रेग्मीले आफ्ना मातापिताको स्मृतिमा रेग्मीले १ लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेका हुन् ।
रेग्मीले पठाएको सामाग्री पुस्तकालय संयोजक कल्पना रेग्मीले क्याम्पस प्रमुख सह प्रा.डा सुदर्शन सिलवाललाई हस्तान्तरण गरे ।
एक थान यूरो गाड, टेलिफोन सेट, बार्षिक इन्टरनेट प्याकेज तथ टोलिफोन सेट, ट्वाइलेट बाथरुम क्लिनर एक सेट, बार कोड स्क्यानर लगायतका सामाग्री क्याम्पस प्रमुख सह प्रा.डा सुदर्शन सिलवाललाई हस्तान्तरण गरिएको हो ।
२०७६ सालमा स्थापना गरिएको पुस्तकालयलाई पछिल्लो समय प्रबिधिमैत्री बनाइएको छ । विद्यार्थी र आम पाठकलाई पठनपाठनप्रति आकर्षित गर्न पुस्तकालयमा २५ थान कम्प्युटर जडान गरिएको छ ।










