बागलुङ , ९ माघ । बागलुङ रहेको फ्युचर ब्राइटर माध्यामिक विद्यालयको ३७ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै पोख्रेलले सरकारी विद्यालय भन्दा संस्थागत विद्यालयहरुले राम्रो गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयहरुले विद्यार्थीलाई व्याहारिक शिक्षा जोड दिनुपर्ने बताउनुभयो ।
सैद्यान्तिक शिक्षामा भन्दा व्यवहारिक शिक्षामा ध्यान दिनु पर्ने बताउँदै उहाँले यहाँ उत्पादन भएका विद्यार्थीले देश र विदेशमा राम्रो गर्दै आएको बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष मणिभद्र शर्मा , विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम , शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत दल बहादुर थापा ,नेसनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने ,बिवाईसी बागलुङका सहसचिव प्रेम के सीले शुभकामना मन्तव्य राख्नुभएका थियो ।े
कार्यक्रम फ्युचर ब्राईटर माद्यामिक विद्यालयका प्रधानध्यापक वालकृष्ण शर्माको अध्यक्षता शिक्षक हुमा देवि खड्काको र विद्यालयमा अध्यरत छात्रा निशा शर्मा र आरोही गौतमको स्वागत र शिक्षक टीका जित पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयको वार्षिकोत्सबको अवसरमा भएका विभिन्न खेलमा विजेता भएका खेलाडिलाई र एनप्याब्सनमा विजेता भएका खेलाडिलाई सम्मान गरिएको थियो ।













