Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि
थम्मन थापा
पोखरा माघ १५ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर्स पोखराले पत्रकारहरुका लागि आयोजना गरेको ४ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
माघ १२ गतेदेखि पश्चिम पृतना हेडक्वाटर्स पोखरामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गण्डकी  प्रदेशका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी भोलानाथ थापाले नेपाली सेनाले शान्ति सुरक्षा सँगै विकास निर्माण, प्रकृति र पर्यावरण संरक्षण, विपद् व्यवस्थापन उद्धार सहित खेलकुद, शिक्षा, स्वास्थ्य सँगै विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनु भएको छ ।
थापाले भन्नुभयो, “सेनाले केवल राष्ट्रिय सुरक्षा र सीमाको रक्षामात्र होइन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सह अस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।”
उपरथी थापाले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्ठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिका, नागरिक र सेना अनि सेना र मिडिया बिचको सम्बन्ध सुमधुर बनाउँदै सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
४ दिन सम्म सञ्चालित अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको पृष्ठभुमी, गौरवशाली ईतिहाँस, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्य लगायतका क्षेत्रमा नेपाली सेनाले खेल्दै आएको भूमिका र योगदानको विषयमा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाले आयोजना गर्ने विभिन्न कार्यक्रम तथा सामाजिक उत्तरदायित्व सहितका गतिविधिलाई जनता माँझ पुराउन सञ्चार माध्यमले खेलेको भूमिकालाई मल्याङ्कन गर्दै विभिन्न एफ एम रेडियोहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाले विपद प्रतिकार्यमा गरिने अभ्यास (डेमो) प्रस्तुत गरेको थियो भनें नेपाली सेना र मिडियाकर्मी बिच मैत्रीपूर्ण भलिबल र टाईगर टप हिल सम्म हाईकिङ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com