बागलुङ , १५ माघ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य परिक्षणको उद्धाटनमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अक्ष्यक्ष राम थापाले जस्तोसुकै कठिन परिस्थितिमा पनि नागरिकलाई सुसूचित गर्ने दायित्व रहेको भन्दै उनले पत्रकार पछाडि हट्ने नहुने बताए । उनले देशका हरेक परिवर्तनमा प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ, बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पिङ्गलराज गौतम, प्रेस सेन्टर नेपाल, बागलुङका सस्थापक बद्रीप्रसाद शर्मा, नेपाल प्रेस युनियन, बागलुङका अध्यक्ष संगम घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सेन्टर, बागलुङका उपाध्यक्ष अनिष खातीको अध्यक्षता कोषाध्यक्ष दिलिप प्रतेलको स्वागत रसचिव विनोद थापाको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र ज्येष्ठ नागरिक जिल्ला संघसँगको सहकार्यमा जेष्ठ नागरिक र पत्रकार गरेर ६० जनाको स्वास्थ्य परिक्षण गरेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।













