बागलुङ ,१८ माघ । बागलुङबाट छुट्मे छोटो दुरीका मिनी बस व्यवसायीहरुले पार्किङको विषयलाई लिएर मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा सडक अबरुद्ध गरेका छन् ।
बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौर स्थित लोकमार्गमा चक्काजाम गरेर आज बिहानदेखि सडक ठप्प पारेका छन् ।
बागलुङ–कुश्मा चल्दै आएका छोटा दुरीका मिनीबसले नयाँ बागलुङ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दुरीमा छुट्दै आएका छन् ।
उनिहरुले नयाँ बसपार्क उपल्लचौरबाट १४६ रुपैया पार्कीङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउदै आएका छन् ।
उनिहरुले कर्मचारी, विद्यार्थीलाई बागलुङ बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् । सडक ठप्प भएपछि लामो तथा छोटो दुरीकाका लागि छुटेका बस तथा जिपहरु गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् । बागलुङ, बेनी, रुकुम पूर्व लगायतको स्थानबाट पोखरा र काठमाण्डौ तर्फ छुटेका सवारीसानधहरु बागलुङबजारमै रोकिएका छन् ।
उनिहरुले अत्यावश्यकको सवारीसाधनलाई छुटाएको जनाएका छन् । छोटो दुरीका बसलाई पार्किङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताउनुभयो । उहाँले बागलुङ बजारका यात्रुलाई उपल्लाचौर छोड्न नसक्ने बताउदै आन्दोलनमा उत्रेको बताउनुभयो ।












