बागलुङ, २२ मााघ । प्रेस चौतारी नेपालको २८ औँ स्थापनाको अवसरमा बागलुङक दूई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले युवा क्रियाशिल पत्रकारबाट अर्जुन कार्की र प्रेस चौतारी पुरस्कारबाट सिर्जना पन्त सम्मानित भएका हुन् ।
नेकपा एमालेक केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज मन कु्मारी जिसी र र प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलले प्रेस चौतारी पुरस्कारबाट पन्त र प्रेस चौतारी युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट कार्कीलाई सम्मान पत्र , दोसल्ला र रु १०÷१० हजार रुपियाँ सहित सम्मान गरेका हुन् ।
प्रेस चौतारी नेपालका पूर्वसचिव एवम् पुरस्कार छनोट समितिका संयोजक रामकृष्ण शर्माले पुरस्कार घोषणा गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका बागलृुङ क्षेत्र न. १ का उम्मेदवार हिरा बहादुर केसी, एमालेका केन्द्रीय सदस्य गोविन्द नेपाली, सम्मानित व्यक्तित्व सृजना पन्त, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गणेश गिरी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस चौतारी नेपाल बागलुङमा अध्यक्ष कमल पौडेलको अभ्यक्षता उपाध्यक्ष सँगिता रेग्मीको स्वागत र सचिव रोहन जिसीको संंचालनमा सम्पन्न भएको थियो ।












