Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा सेतो रगत उत्पादन सुरु

  • नेपाल सञ्चार
  • ३ महिना अगाडि

प्रकाश बराल

बागलुङ, २५ माघ । नेपाल रेडक्रस सोसाइटी बागलुङको रत्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन सुरु भएको छ ।

गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको हो ।

पछिल्लो समय डेंगी, सर्पदंश र मृगौलाको डायलायसिस गर्नुपर्ने बिरामीको संख्या बढिरहेकोले यहाँको रक्त संचार केन्द्रमा सेतो रगत अभाव थियो । सेतो रगत अभावमा धौलागिरि प्रादेशिक अस्पतालबाट धेरै बिरामी पोखरा रिफर गर्नुपर्ने बाध्यता हटाउन दाताको खोजीमा यो केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए ।

चार वर्षअघि गण्डकी प्रदेश सरकारले दिएको करिब ५० लाख रुपैयाँ मूल्य पर्ने कम्पोनेन्ट प्रोसेसर मेसिन पनि अलपत्र थियो । हाल डिपफ्रिजसहितका केही थप उपकरण प्राप्त भएपछि मात्र सेवा संचालन गर्न सकिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।

दुई महिनाअघि बागलुङ समाज जापानले १३ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेपछि केन्द्रलाई व्यवस्थापन गरेर रगत उत्पादन गरिएको हो । ‘अब भने रगत चाहियो भन्दा सेतो रगत उत्पादन गरेर दिन सकिने भयो,’ शर्माले भने, ‘पर्याप्त जनशक्ति भएमा बागलुङमा आवश्यक पर्ने प्लेटलेस उत्पादन गर्न सक्छौं ।’ गत महिना मात्रै ल्याइएको प्लेटलेस इजिटेटर मेसिन जडान पछि मात्र यो काम सुरु भएको उनले बताए ।

यस अघि रक्तदान गर्ने स्थललाई व्यवस्थापन गरेर मेसिन जडान गरिएको हो । धौलागिरि अस्पतालको आवासस्थल नजिकै छाफ्रो बनाएर रक्तदान गर्ने स्थल र ल्याब बनाइएको छ । रेडत्रसले तत्काल एक जना स्वयंसेवक ल्याब टेक्निसियन नियुक्त गरेर सेवा सुरु गरेको हो । आचार्यले दरबन्दीकै रुपमा राख्ने प्रयास आर्थिक अभावले नसकेको बताए ।

धौलागिरि अस्पतालमा अपरेशनसहितको सेवा सुरु भए पनि रक्त संचारमा सेतो रगत अभावमा कतिपय शल्यक्रिया नै रोकिने गरेको थियो । हरेक वर्ष ५० जना भन्दा बढी सर्पदंशका बिरामी आउने, ४ सय बढी डेंगीका बिरामीको उपचार गरिने भए पनि सेतो रगत आवस्यक परेमा तत्काल रिफर गरिँदै आएको थियो । ‘डेंगीका बिरामी, सर्पदंश र डायलायसिसका बिरामीको प्लेटलेस ३० हजार भन्दा कम भयो भने सेतो रगत दिनुपर्छ,’ अस्पतालका जनरल सर्जन डा। शंकर लामिछानेले भने, ‘रातो रगत ४ प्वाइन्ट दिनुपर्नेलाई सेतो रगत भए एक प्वाइन्टले निको हुन्छ ।’ सेतो रगत डायलायसिस गरिरहेका बिरामीको उपचारमा समेत आवश्यक पर्ने उनले बताए ।

दुई महिनाअघि नेपाल आएका बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद शर्मा र सचिव दिपक कँडेलसहितले नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखालाई रकम हस्तान्तरण गरेपछि ल्याब बनाइएको हो ।
ल्याब बन्ने भएपछि बागलुङको जैमिनी नगरपालिकाले ३ लाख, बागलुङ नगरपालिकाले ५ लाख, गलकोट नगरपालिकाले २ लाख र बरेङ गाउँपालिकाले १ लाख ५० हजार सहयोग गरेका थिए । बाँकी लगानी रेडक्रसले आन्तरिक रुपमा गरेको थियो ।

गत आर्थिक वर्ष गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ सहयोग गरेपछि उपकरणहरु खरिद गरिएको थियो । अब भने यो केन्द्र संचालन गर्न अस्पतालले पनि दक्ष जनशक्ति आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि सेवा प्रवाह थालिएको आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com