Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ,३० फागुन बागलुङको प्रसिद्ध कालिका मन्दिरमा चैते दशै मेलाको अवसरमा सर्वाधिक पुरस्कार राशीको कालिका कप आयोजना गरिने भएको छ ।मेला आगामी चैत १० देखि १४ गतेसम्म मेला सञ्चालन हुदैँ छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा खुल्ला पुरुष तथा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

चैते दशैं मेलामा तीन लाख पुरस्कार राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
‘गन्तव्य बागलुङ कालिका, स्थानीय उत्पादनको प्रवद्र्धन, कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन’ भन्ने मुल नाराका साथ बागलुङ नगरपालिका १ रामरेखामा रहेको कालिका बाल उद्यानमा मेला गरिने छभने मेलाको अवसरमा भलिबल, लोक दोहोरी गीत, छेलो प्रतियोगिताका साथै रथ यात्रा, रमाइलो मेला बाल उद्यान सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रसिद्ध ऐतिहासिक कालिका भगवति मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रर्बद्धनगर्ने लक्ष्य राखिएको छ ।

चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले तीन लाख नगद ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीयले एक लाख ५० हजार र सेमिफाइनल उपविजेताले ५० हजार रुपियाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार नगद प्रदान गरिनेछ ।

कालिका कप खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले एक लाख पाउने छन् । द्वितीय हुनेले ५० हजार, सेमिफाइनल उप–विजेता हुनेले १० हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपियाँ पाउने छन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले दुई लाख, द्वितीयले एक लाख, तृतीय हुनेले ५० हजार र सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपियाँ दिइनेछ । यसैगरी, छेलो प्रतियोगितामा विजयीले ३० हजार पाउने छने भने मेलामा रेष्टुरेष्ट प्रयोजनका लागि २० वटा स्टल राखिनेछ ।

मेलाका लागि करिब ५५ लाख रुपियाँ खर्च हुने बताइएको छ । खर्च व्यवस्थापनका लागि कालिका भगवति गुठीबाट २० लाख, सहआयोजक तथा प्रायोजक संस्थाहरुबाट ८ लाख रमाइलो मेलाबाट १३ लाख, विभिन्न क्षेत्रबाट आर्थिक सहयोग ९ लाख, स्टलबाट तीन लाख र दर्ता शुल्कबाट दुई लाख नगद संकलन हुने अपेक्षा गरिएको कालिका गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com