बागलुङ ११ चैत्र । बागलुङमा नक्कली नोट छ्यापछ्याप्ती भेटिएका छन् । बागलुङका विभिन्न बैंकमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डी भित्र एक हजारको एउटै नम्बरको बढि मात्रमा फेला परेपछि नक्कली नोट फेला परेको तथ्य बाहिर आएको हो ।
नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुवँरका अनुसार बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको जानकारी आएको बताउनुभयो ।
नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ ।
भीडभाडको मौका छोपी नक्कली नोटको कारोबार हुन सक्ने भएकाले सचेत अपनाउन बागलुङ उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै सचेत बनाएको छ ।
















