Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एघार सय किलोमिटर उडेर जम्मुकस्मिर पुग्यो नेपालको गिद्ध

  • ६ वर्ष अगाडि

लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, वैशाख २३ गते । नेपालको रैथाने डंगर प्रजातिको गिद्ध नवलपरासीको कावासोती पिठौलीबाट उडेर भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मुकस्मिर पुगेको छ । कावासोतीबाट सो गिद्धले ११ सय किलोमिटर दूरी पार गरेर सो क्षेत्रमा पुगेको हो । गिद्ध संरक्षणमा काम गर्दै आएको नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) का अनुसार यो गिद्धमा स्याटेलाइट जडान गरिएकोले सो दुरी पार गरेको रेकर्ड जानकारीमा आएको हो । यो गिद्ध एक पटक जम्मु कस्मिबाट बिचरण गर्दै फर्केर नेपालको शुक्लाफाँटा क्षेत्रसम्म पुगेका भए पनि पुनः फर्केर हाल जम्मु कस्मिरमा बिचरण गरिरहेको देखिन्छ ।

नेपाल पंक्षी संरक्षण संघले त्यो गिद्धलाई यहाँको रैथाने गिद्ध भनेर स्याटेलाइट ट्याग गरेको गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, त्यो गिद्धसँगै स्याटलाइट ट्याग गरिएका अन्य गिद्ध मुश्किलले पश्चितर्फ बाँके राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणमा लखनऊसम्म पुगेको र पूर्वमा धनुषाको आकाशसम्म उडान भरेको स्याटलाइट इमेजमा देखिन्छ । तर एउटा गिद्धले भने एक हजार एक सय किलोमिटर पार गरेको देखिएको छ ।

गिद्ध लोप हुने अवस्थामा पुगेका बेला पंक्षी संरक्षण संघकै प्रयासमा नेपालमा गिद्धमा स्याटलाइट ट्याग लगाउने काम भइरहेको छ । जसले गर्दा गिद्धको बिचरण, आनीबानी, आहारको अवस्था लगायतको विषयमा जानकारी लिन सहज भइरहेको छ । अधिकृत भूसालका अनुसार जम्मु कस्मिर पुगेको गिद्ध हिन्दकुश हिमालयको फेदैफेद बिचरण गर्दा गर्दै उता पुगेको देखिएको छ । उहाँले भन्नुभयो, यो थप अध्ययनको विषय बनेको छ । एकै लटमा स्याटलाईट ट्याग गरिएका गिद्ध यही वरपर बिचरण गर्नु र एक मात्र गिद्ध त्यति टाढा जानुले नयाँ कुरा हो । कि त बिचरण गर्दै गर्दा त्यता पुगेको हुन सक्छ कि त पाथीको खोजीमा पनि गएको हुन सक्छ ।

स्याटेलाईट ट्याग जडान गरिएका डंगर प्रजातिको गिद्धको अनुगमन गर्दा बढीमा १०० किलोमिटरको अर्धव्यासमा बिचरण गरेको भेटिएको छ । हालसम्मको नियमित अनुगमनमा मूलतः नेपालको करीव २० जिल्लाको २५ हजार बर्ग कि.मी. क्षेत्रसम्म ती गिद्धले विचरण गरेको रेकर्ड प्राप्त भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काईएका र त्यहा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुर्नस्थापना गराउने लक्ष्य अनुसार बिसिएनको प्राविधिक सहयोगमा सन् २०१७ मा ६ र सन् २०१८ मा १२ र सन् २०१९ मा १३ डंगर गिद्धलाई स्याटेलाईट ट्याग जडान गरी प्राकृतिक बासस्थानमा छाडि नियमित अनुगमन भइरहेको छ ।

यस केन्द्रमा राख्नको लागि सन् २००८, २००९ र २०१० मा पश्चिम नेपालका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्की बाट ६० वटा डंगर गिद्धका बच्चाहरु संकलन गरिएका कुरा अधिकृत भूसालले जानकारी दिनुभयो । यस केन्द्रमा राखिएका गिद्धले सन् २०१२ देखि अण्डा पार्न सुरुवात गरेका थिए भने हालसम्म १८ वटा बच्चा कोरलिएका छन् ।

साभार: गाेरखापत्रअनलाइन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com