Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अनुगमनमा फेला पर्‍यो ६ वर्ष पुरानो चकलेट, ४ वर्ष पुरानो कोल्ड ड्रिक्स

  • ५ वर्ष अगाडि

कपिलवस्तु, २४ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौं पुराना खाद्यवस्तु फेला परेको छन् । चाडपर्व लक्षित गरी आइतबार नगरपालिकाको वडा नं. ५ प्रेमनगर र वडा नं. १० को विजगौरीबाट म्याद गएका सामग्री बरामद गरी नष्ट गरेको छ । नगरपालिकाका नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद नाघेका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्सलगायतका वस्तु बरामद गरेको हो ।

आइतबार बिहान ८ बजेदेखि पालिकाको ग्रामीण भेगका पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा ४ वर्ष पुरानो कुहिएको चिसो पेय पदार्थसमेत भेटिएको छ । माउन्टेन ड्यु, फेन्सी, मेन्सन ड्यु, कोकाकोला, प्रान जुस र भारतीय उत्पादनसमेत बरामद गरिएको छ । ९ महिनामात्र म्याद हुने ती वस्तु विक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभूमि नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताए ।

यसैगरी सन् २०१५ मा उत्पादन भएका चकलेटसमेत जफत गरिएको छ । म्याद नाघेका सेन्टर फिलीज, पावर ब्रान्डका चकलेट, आचिता दालमोठ, सुदूर कम्पनीका बिस्कुटसमेत बरामद गरिएको छ । एक वर्षको प्रयोग समय अवधि भए पनि ती चकलेट बिक्रीका लागि सजाएर राखिएका थिए । भारतमा उत्पादन भएका बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामग्री म्याद गुज्रिएका फेला परेका थिए ।

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रिएर कुहिएका वस्तुसमेत फेला परेको छ । नगरपालिकाले दशैँसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्य तालिका बनाई अनुगमन सञ्चालन गरेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका थिए ।

बुद्धभूमि नगरपालिकाले पालिकाभित्रका किराना पसलमा अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु । तस्बिर : न्युज कारखाना

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com