Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लुम्बिनीमा बल्ल पायो सरकारले पूर्णता, यी थपिए मन्त्री

  • ५ वर्ष अगाडि

बुटवल, २४ असोज । लुम्बिनीमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डल विस्तार गरी १७ सदस्यीय बनाएका छन्, जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री छन् ।

नवनियुक्त मन्त्रीहरूलाई आइतबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ गराएका छन् ।

आइतबार कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री थपिएका छन् । यसअघि प्रदेश सरकार सात सदस्यीय रहेको थियो ।

यी हुन् थपिएका मन्त्रीहरू

आइतबार थपिएका मन्त्रीहरूमा कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, बाँकेका सुरेन्द्रबहादुर हमाल वन, वातावरण तथा भूसंरक्षणमन्त्री र रूपन्देहीका वसिउद्दिन खाँ शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री छन् ।

त्यस्तै, राज्यमन्त्रीमा कांग्रेसबाट दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रीना नेपाल विक रहेका छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रीना पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री हुन्  ।

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, दाङका इन्द्रजीत थारू स्वस्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री रहेका छन् भने दाङकी विमला कुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुन् । एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा जेष्ठ नागरिकमन्त्री भइन् ।

लुम्बिनीमा गत २८ साउनमा नयाँ सरकार बनेको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com