Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘लिम्बू पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ सार्वजानिक

  • ५ वर्ष अगाडि

तेह्रथुम, २४ असोज । डीबी आङबुङ, टेक लावती र टंक सेलिङले सम्पादन गरेको ‘लिम्बू पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रश्नावलीमा समेटिएका जातीय पहिचानका विषयप्रति समुदायमा हुने गरेको अन्योललाई स्पष्ट पार्ने सामग्रीसहित पुस्तक प्रकाशनमा ल्याइएको मुन्धुम एकेडेमीका अध्यक्ष तथा सम्पादक डीबी आङबुङले जानकारी दिए । उनका अनुसार पुस्तकमा जनसंख्याविद् बालकृष्ण माबुहाङ्ले ‘राष्ट्रिय जनगणना र आदिवासी जनजाति याक्थुङ (लिम्बू)को पहिचान’, नन्द कन्दङ्वाले ‘जनगणनाको राजनीति, लिम्बू आदिवासीमा विवाद र समाधानको उपाय’ शीर्षक लेख र केदार धिमालले ‘आदिवासी धिमाल जातिको पहिचान र जनगणना’ आलेख प्रस्तुत गरेका छन् ।

लिम्बू र धिमाल जातिबीच सांस्कृतिक समानता रहेको पाइन्छ । पुस्तकमा समेटिएका आलेखमध्ये अरुना लिम्बूले ‘लिम्बू जातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’, भगिराज इङनामले ‘ऐतिहासिक दस्तावेजमा याक्थुङ्, लिम्बू र किरात’ शीर्षकमा लेखेका छन् ।

डा. चैतन्य सुब्बाले ‘याक्थुङ-लिम्बूहरूको युमा धर्म’, धर्मेन्द्र नेम्बाङले ‘बहुल रङ्गवादी दृष्टिकोणमा जाति, भाषा, धर्म र संस्कृति’, दिलेन्द्र कुरुम्बाङले ‘मौलिक पहिचानको बहस’, डा. कमल तिगेलाले ‘आदिवासी लिम्बूको जाति, भाषा, धर्म र किरात धर्म’ शीर्षक आलेख लेखेका छन् ।

यसैगरी खगेन्द्र माखिमले ‘पुरानो राज्यसत्ताको निरन्तरता कि परिवर्तन ?’, कृष्णविक्रम नेम्बाङले ‘प्राचीन किरात को हुन् र कुन सभ्यताबाट फैलिएका थिए ?’, लछामी शेर्मा पापोले ‘किरात धर्मको आत्मसमीक्षा’, मधुराज केरुङले ‘सांस्कृतिक पुनर्जागरण अभियान र लिम्बू जातिको जागरणपथ’ विषयमा लेखेका छन् ।

यसरी नै टंक सेलिङको ‘मौलिक मुन्धुम र धर्ममा वैज्ञानिक अवधारणा’ र टेक लावतीको ‘लिम्बूवानमा विभिन्न धार्मिक पन्थहरूको उद्भव, द्वन्द्व र कारकतत्त्व’ शीर्षक लेख समेटिएका छन् । मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकमा १५ जना लेखकका लिम्बू (याक्थुङ) जाति र समग्र किरातबारे विविध पक्षमा लेखहरू समेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com