Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ समय

  • दिलकुमार लिम्बु
  • ५ वर्ष अगाडि

ताप्लेजुङ २९ असोज । आज दशैंको मुख्य दिन हो । मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो । आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन् । तर। लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै । तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । उनी फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका स्थानीयवासी हुन् । उनी चौँरी याकहरूसँग रमाउन थालेको ६५ वर्ष नै भयो । किनकि उनी चौँरी याक गोठमै जन्मेर चौँरी याकहरूको पछिपछि लाग्दै अहिले ६५ वर्ष पुगेका हुन् ।

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाईमा अवस्थित मौवटारमा याक गोठ उनले सारेका हुन् । छोरा छोरीलाई अंशको रूपमा सबैलाई याक बाँडिदिएर उनीसँग ३० वटा याक रहेका छन् । १० वटा दुहुनो याक उनीसँग छन् । बिहान उठ्नबित्तिकै एक मक दुध चिया लिएपछि झिसमिसमै दुहुनो याकहरू बटुलेर दुध दुहँुदै घाम शिरमाथि पुग्छ ।

चौँरी याकहरूलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहानको दुधलाई मोही, घिउ र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगेको हुन्छ । साँझ परेपछि चारतिर छरिएर रहेका चौँरी याकहरूलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म पारी डाँडामा जुन उदाएको हुन्छ ।
लेकाली बस्तीका समुदायहरूको दैनिकी हो यो । लेकाली समुदायहरूको मुख्य पुर्खौली पेसा चौँरी याक पालन हो । वर्ष दिनमा आउने चाडबाड दसैं तिहार वस्तुभाउका कारण चासो दिन नसकिएको फक्ताङलुङ गाउँपालिका—७ का हेम्वे शेर्पाले बताए ।

चौँरी याकहरूसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ, कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित मौवटारमा चारवटा घुम्ती गोठहरू छन् । सिंजेमा पोखोरी क्षेत्रमा तीनवटा घुम्ती गोठहरू रहेका छन् । याङमा क्षेत्रमा नौवटा याकहरूको घुम्ती गोठहरू रहेका छन् । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ वटा चौँरी याकहरूको घुम्ती गोठ रहेका मिक्वाखोला गाउँपालिका—५ का वडा अध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँका धेरै लेकाली बस्तीहरू छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदायहरूले पशुपालनमा निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ—७ का स्थानीय चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दसैंको उत्साह छाएको छ । तर, हिमाली बस्तीहरूमा दसैं तिहारको न त उत्साह न त उमङ्ग दैनिकी चौँरी याकसँगै हिमालका टाकुराडाकुराहरू चहार्दै अस्ताउँछ घाम ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com