Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

थलिँदै होटल, रेष्टुराँ

  • रामबहादुर थापा
  • ६ वर्ष अगाडि

बागलुङ । गत वर्ष यही याममा होटल पिस प्यालेस पर्यटकले भरिभराउ हुन्थ्यो । मुस्ताङ छिर्ने पर्यटकले एक रात यतै बिताउँथे । वरिपरिका गन्तव्य चहार्थे । अहिले होटल सुनसान छ । कर्मचारी बिदामा छन् । कोरोनाले होटल व्यवसायमा निम्त्याएको सङ्कट कति लम्बिने हो ठेगान छैन । शुक्रबारदेखि आर्थिक क्रियाकलाप केही खुकुलो पारिए पनि त्यो होटल, रेष्टुराँमा लागू छैन ।

“व्यवसाय चौपट छ, सबैभन्दा ठूलो मार होटललाई नै परेको छ”, बागलुङ नगरपालिका–२ स्थित होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारीले भन्नुभयो । उहाँले विस्तारै साना तथा मझौला होटल, रेष्टुँरालाई स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीसहित सञ्चालन गर्न दिनुपर्ने उल्लेख गर्नुभयो ।

“सामाजिक दूरी कायम गर्न, कम पाहुना राख्न र आवश्यक स्वास्थ्य सतर्कता अपनाउन हामी तयार हुनुपर्छ”, सञ्चालक राजभण्डारीले भन्नुभयो । बन्दाबन्दी हटेपछि आन्तरिक र धार्मिक पर्यटक घुम्न निस्कने उहाँको विश्वास छ । बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्षसमेत रहनुभएका राजभण्डारीले अहिलेकै अवस्था रहिरहे व्यवसाय उठ्नै नसक्ने गरी थलिने बताउनुभयो । होटल, रेष्टुँरा सञ्चालनका लागि सरकारले व्यवस्थित र वैज्ञानिक कार्यविधि ल्याउनुपर्ने उहाँको भनाइ छ ।

जिल्लामा झण्डै २०० होटल, रेष्टुराँ छन् । बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । सङ्घका अनुसार साना–ठूला सबै होटलमा गरी करिब रु ५० करोड लगानी छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले प्रदेशभर सञ्चालित होटलको सङ्ख्या र लगानी विवरण सङ्कलन भइरहेको बताउनुभयो । “होटलको अवस्था के छ भनेर विवरण सङ्कलन भइरहेको छ”, अध्यक्ष चोखालले भन्नुभयो, “सोही आधारमा प्रदेश सरकारसँग राहत प्याकेजका लागि पहल गर्दैछौँ ।”

उहाँले सरकारले होटल, रेष्टुराँ व्यवसायीलाई टिकाउनका लागि विशेष राहत प्याकेज बजेटमै ल्याउनुपर्ने धारणा राख्नुभयो । “केही महिना यस्तै रहने हो भने व्यवसायी सबै डुब्छन्, होटल बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो । कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायत योजना ल्याउन उहाँले तीनै तहका सरकारलाई आग्रह गर्नुभयो । बागलुङ बजारस्थित होटल समिट धवलागिरिका सञ्चालकसमेत रहनुभएका चोखालले कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरको प्रत्यक्ष मार होटल व्यवसायमा परेको बताउनुभयो ।

“गण्डकी प्रदेश सरकारले पनि पर्यटन पुनःउत्थानका लागि योजना बनाइरहेको छ, व्यवसायीलाई उचित सम्बोधन हुनेमा हामी विश्वस्त छौँ”, चोखालले भन्नुभयो । कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुराँ व्यवसाय पुरानै अवस्थामा फर्कन नसक्ने उहाँको भनाइ छ । “मानिस कोरोना लाग्दैन, लागि हालेपनि उपचार हुन्छ भन्ने अवस्था नभएसम्म झट्टै घुमडुलमा निस्कन गाह्रै छ”, उहाँले भन्नुभयो, “अब त झन् व्यवसायीको पनि लगानी बढ्छ, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ, होटलको गुणस्तर थप्नुपर्छ ।”

चोखाल सञ्चालक रहेको होटल समिट धवलागिरिको सञ्चालन खर्च मासिक झण्डै रु पाँच लाख छ । होटल नचलेपनि घरभाडा, कर्मचारीको तलब, पानी, बिजुलीमा उक्त खर्च नियमित छ । “सेवामूलक व्यवसाय भएकाले बाहिर नदेखिए पनि भित्र ठूलो लगानी भइरहेको हुन्छ”, सञ्चालक चोखालले भन्नुभयो, “झण्डै ९५ प्रतिशत होटल त भाडाकै घरबाट सञ्चालित छन् ।”

आन्तरिक पर्यटकको आश

कोरोना कहर मत्थर भएपछि लामो समय बन्दाबन्दीमा फसेका मानिस घुम्न निस्कने आस पर्यटन क्षेत्रले गरेको छ । यात्रा प्रतिबन्ध खुकुलो हुनासाथ आन्तरिक पर्यटकले नजिकका गन्तव्य रोज्नेछन् । आन्तरिक पर्यटकको आउजाउले होटल, रेष्टुराँलाई राहत मिल्ने होटल पिस प्यालेसका सञ्चालक राजभण्डारी बताउनुभयो । “आन्तरिकसँगै धार्मिक यात्रामा निस्कने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

तत्कालै विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकेमा व्यवसायलाई भरथेग गर्न सकिने उहाँको भनाइ छ । प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालयजस्ता धार्मिकस्थलको प्रवद्र्धनमा उहाँको जोड छ । पदयात्रा, घरवास, कला, संस्कृति आदिमा रमाउन चाहने पर्यटकका लागि बागलुङ उपयुक्त गन्तव्य बन्न सक्छ । जिल्लामा ३० भन्दा बढी घरवास (होमस्टे) छन् । ढोरपाटन, घुम्टे, गलकोट दरबार, गाजाको दह, भैरवस्थानलगायत दर्जनौँ गन्तव्यस्थल पर्यटकको पर्खाइमा छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com