Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

क्वारेन्टाइनमा बसे वापत २५ जना लाई खादा ओढाएर सम्मान

  • ६ वर्ष अगाडि

जुम्ला । कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएका छन् । उनीहरुलाई सो गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ ।

क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य व्यवस्थापन गरेको वडाध्यक्ष गणेश ऐडी जानकारी दिनुभयो । पशु सेवा केन्द्रको भवन र खडकदेवी माध्यामिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको थियो ।

स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ गरी घर पठाएको हो । वडाध्यक्ष ऐडीका अनुसार १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले सम्मानका साथ बिदाइ गरिएको हो । क्वारेन्टाइनमा बसेका मध्ये सात जनाको आरडिटी परीक्षणपछि घर फर्काइएको छ । अन्य १८ जनाको पिसीआर गर्ने शर्तमा घर पठाइएको छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ अनुसार उनीहरुलाई एक श्ययादेखि अर्को श्ययासम्मको न्यूनतम दूरी साढे तीन फिटको फरक थियो ।

लकडाउन अवधिमा यहाँ १० हजार ८३८ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २०५ जना बसेका छन् भने ९०५ जना १४ दिनपछि घर फर्केको शनिबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । जुम्लामा ४१५ को पिसीआर र २६१ जनाको आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा मङ्गल रावलले बताउनुभयो ।

यहाँ ४१५ जनाको कोरोना पिसिआर जाँच गरिएको छ । भारत, तेस्रो मुलक र नेपालका विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई कोरोना पिसिआर जाँच गरिएको हो ।

यहाँबाट स्वाब सङ्कलन गरी सुर्खेत तथा काठमाडौँमा पठाएर ३३९ जनाको पिसीआर परीक्षण गरिएको थियो । सो अस्पतालले २२ वैशाखदेखि कोरोना परीक्षण पिसीआर उपकरण सञ्चालनमा ल्याएदेखि जुम्लामा ७६ गरी जम्मा ४१५ जना परीक्षण गरिएको हो । पिसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com