Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा-३ का स्थानीय सास्ती भोग्दै

  • ४ वर्ष अगाडि

डडेल्धुरा, १८ कात्तिक । गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ। तर, स्थानीय तहले सडकमा गएको पहिरो नहटाइदिँदा सर्वसाधारणले समस्या भोग्नु परिरहेको हो ।

दैनिक उपभोग्य खाद्यान्नको अभाव भएर स्थानीयले चर्को मूल्यमा खरिद गर्नु पर्ने अवस्था आए पनि गाउँपालिका बेखबर रहेको स्थानीयको गुनासो छ । बाटो अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्ने गरेको स्थानीय दीपेन्द्र विष्टले बताएका छन्।

खाद्यान्न खरिद तथा स्थानीय उत्पादन बिक्रीका लागि पैदलयात्रा गर्नुपरेको उनको गुनासो छ । बाटो मर्मत गर्न स्थानीय सरकार र अन्य सरोकारवालाको अझैसम्म ध्यान नगएको स्थानीय बताउँछन् ।

यता गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले गाउँपालिकाले सडक सुधारका लागि दुई वटा जेसीवीलगाएको बताएकी छन् । बीचमा जेसीवी बिग्रिएर सडक सुधार गर्न समस्या भएको उनको भनाइ छ। छिट्टै वडाभरिका सबै सडक सञ्चालनमा आउने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

ताजा समाचार

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

ट्रेन्डिङ

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com