Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

झापाका नाका हुँदै भित्रिए ५ सय नेपाली

  • मनिषा चम्लागाईँ
  • ६ वर्ष अगाडि

झापा । कोरोना भाइरसका कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रन सुरु गरेका छन् । झापाका विभिन्न नाका हुँदै बुधबार बेलुकासम्म ५ सय बढी नेपाली नेपाल फर्किसकेका छन् ।
संघीय सरकारबाट लिखित रूपमा कुनै आदेश प्राप्त नभएका कारण भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन समस्या हुँदै आए पनि स्वःइच्छा उनीहरू नेपाल फर्किरहेका छन् । नेपाल फर्किएकालाई स्थानीय सरकार र सुरक्षा निकायको साझेदारीमा जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।

बुधबार साँझसम्म झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस, कञ्चनजंगा इन्स्टिच्युट अफ हेल्थ साइन्स बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, मानसरोवर कलेज दमक, लक्ष्मिप्रसाद देवकोटा मावि कचनकवल, जानकी प्रावि कचनकवल, महेन्द्ररत्न मावि कचनकवलको क्वारेन्टाइनमा राखिएको झापाका सायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व भए पनि लिखित आदेश नआएको राई बताउँछन् । “वैधानिक रूपमा नेपाल प्रवेश गराउन सुरु गरिएको होइन,” राई भन्छन्, “हामीले पनि यति नेपाली भित्रिए भन्ने खबर आउने गरेको छ, भित्रिएकालाई क्वारेन्टाइनमा राखिँदै आइएको छ ।” दुवैतर्फको सरकारबाट लिखित निर्णय प्राप्त नभए पछि भारतमा रहेका नेपालीलाई वैधानिक रूपमा देश फर्काउन नसकिएको राई बताउँछन् ।

झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकवल नाकानजिक आएर अलपत्र रहेका २० हजारसम्म नेपालीलाई उद्धार गरेर सुरक्षित रूपमा ल्याउन प्रदेश सरकारले प्रक्रिया थालिसकेको प्रदेश–१ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले बताए । पूर्वीनाकाबाट नेपाली आसोर्न पौरवी यातायात एण्ड अटो प्रालिका सवारी साधन प्रयोग गरिएको छ । स्रोतका अनुसार बसको इन्धन र चालकको भत्तामात्र लिएर सहयोग स्वरुप कम्पनीले सेवा दिएको हो । बसमा स्यानिटाइजर गरिएको छ भने आवश्यक परे सहचालकको समेत व्यवस्था गर्ने तयारी छ ।

बसको क्षमता ४० जनाको भए पनि एकपटकमा सामाजिक दूरी कायम गरी सुरक्षित रूपमा २० जनालाई मात्र ल्याउने गरिएको स्रोतले बताएको छ । यसका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई मन्त्रीले निर्देशन दिएका छन् । भारतबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरूलाई घर पठाइने बताइएको छ । काँकरभिट्टा नाकाबाट नेपालीलाई ल्याउनु अघि बुधबार बिहान सम्बन्धित सरोकारवालाले काँकरभिट्टामा छलफल गरेको स्रोतले जनाएको छ । भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपालीहरू सीमानजिक आइपुगेका हुन् ।कारोबार दैनिकबाट 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com