Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना परीक्षणको दायरा बढाइँदै

  • कृष्ण दवाडी
  • ६ वर्ष अगाडि

कास्की । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा परीक्षणको दायरा बढाइने भएको छ । पछिल्लो समय अन्य प्रदेशमा सङ्क्रमित बढेको तथा आगामी दिनमा विदेशबाट समेत नेपालीलाई उद्धार गरी ल्याउने अवस्थालाई मध्यनजर गरी पिसीआर परीक्षणको दायरालाई अझ फराकिलो बनाउने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, मन्त्रालयका सचिव तथा स्वास्थ्य निर्देशनालयका निर्देशक, स्वास्थ्यकर्मीलगायतको बिहीबार बसेको बैठकले प्रदेशमा पिसीआर परीक्षणको दायरा बढाउने र आपूर्ति वृद्धि गर्ने निर्णय गरेको जनाइएको छ ।

कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएका, आरडिटी पोजिटिभ आएकालगायतकाको परीक्षण प्रोटोकलअनुसार पिसीआर गरिँदै आएकामा अब प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी, नमूना सङ्कलक, आकस्मिककक्षका कर्मचारीलगायतको समेत परीक्षण शुरु गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको हालसम्म परीक्षण नगरिएकाले समेत उनीहरुको तत्कालै परीक्षण शुरु गरिने जनाइएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारत तथा विदेशमा अलपत्र परेकाहरुलाई आगामी दिनमा सरकारले उद्धार गरेर ल्याएको अवस्थामा उनीहरुको समेत परीक्षण गर्नका लागि पिसीआर परीक्षण किट तथा केमिकल आपूर्ति वृद्धि गर्ने बारेमा समेत अहिलेबाटै योजना बनाइएको उहाँले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म एक हजार ५२० को पिसीआर विधिबाट परीक्षण गरिएकामा त्यसलाई वृद्धि गरेर तीनदेखि चार हजारसम्म पु¥याउने योजना रहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट आउने र अन्य मुलुकबाट सरकारले उद्धार गरेर ल्याउने नेपालीको पिसीआर परीक्षणलाई लक्ष्य गरेर अहिलेबाटै आपूर्ति बढाउने बारेमा छलफल गरेका छौँ । परीक्षण सामग्री माग गर्ने, कति किन्ने बारेमा समेत योजना बनाएका छौँ र हालको परीक्षणको दायरालाई अझ फराकिलो बनाउँछौँ ।”

विदेशमा भीसा समस्यामा परेकालगायत अप्ठ्यारोमा परेका छ हजार जतिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थाका सम्बन्धमा समेत छलफल गरी गण्डकी प्रदेशमा आउने सम्भावित ९०० जनाको परीक्षणका लागि तयारी गर्ने बारेमा समेत योजना बनाइएको बताइन्छ । प्रदेशमा सङ्क्रमित बढेको अवस्थामा कम्तीमा पनि १५ हजारको परीक्षणको लक्ष्य राख्नुपर्ने बताइन्छ । प्रदेशमा हालसम्म छ हजार ९९८ जनाको आरडिटी गरिएको छ ।

प्रदेशमा अहिलेसम्म पाँच जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुईको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com