Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

८ मार्च : सबैकी शारदा दिदी

  • विशाल बस्नेत
  • ४ वर्ष अगाडि

महोत्तरी, २४ फागुन ।शारदादेवी थापालाई एक पटक भेटेका मानिसले कहिल्यै बिर्सदैनन् । निकै साधारण जीवनसैली, सबैसँग मिठो बोलीवचन, सहयोगी र सबैैसँग मित्रवत व्यवहारका कारण उनीसँग एकपटक भेट्नेले सधै सम्झिरहन्छन् ।

अन्याय सहनै नसक्ने, चित्त नबुझ्दा तुरुन्त प्रतिवाद गर्ने उनको स्वभावले जिल्लामा उनको इज्जतनै भिन्न छ । उनको नाम भन्नासाथै उनको व्यवहार धेरैको आँखाअघि मडारिन थाल्छ ।

को हुन् शारदादेवी थापा ?
धेरैले उनलाई नेकपा एमालेकी नेतृ भनेर चिन्छन् । जसले जसरी चिने पनि महोत्तरीका जनताले जिताएका प्रदेश सभा सदस्य हुन् शारदादेवी थापा ।

अधिकांश जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धता सायद भुलिसके होलान् । कति त आफैलाई बदनाम गरी बेपत्ता नै भएका छन् । तर, शारदा थापाले साढे चार वर्षमा निर्वाचनका बेला गरेका आफ्ना प्रतिबद्धता एक दिन पनि नभुलेको बताइन ।

पाँच वर्षअघि र अहिले निकै परिवर्तन भइसकेको उनले महसुस गरेकी छिन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएपछि उनले सामाजिक परिवर्तनलाई विशेष जोड दिइन् । यस क्षेत्रअन्तर्गत वर्दिबास नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म र भंगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ पर्छ ।

यो अवधिका उनले विशेषगरी अन्धबिश्वासको भूमरीमा रहेका महिलालाई ससंक्त बनाएउने प्रयास गरेकी छिन् ।

उनले बोक्सीको आरोपमा सामाजिक बहिष्कारदेखि अभद्र व्यवहार र दाइजो प्रथाका कारण प्रताडित बनेका महिलालाई ससक्त बनाउन विभिन्न तालिम र अभियान चलाएकी छिन् । संसद विकास कोषबाट करिब पाँच वर्षको अवधिमा झन्डै ६ करोड जिल्ला खर्च गरेकी छिन् । यो रकमको केही हिस्सा महिलाले नेतृत्व गरेको महिला सहकारीमा समेत खर्च गरिएको छ । साथै, महिलालाई उद्यमी बनाउने, महिला उद्यमका विविध तालिम सन्चालन गरिन ।

यति मात्रै होइन ६ करोडबाटै सात वटा विद्यालयमा भवन बनेका छन्, करिब १० किलोमिटर सडक निर्माण भएको छ ।

आज २१३औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा आफ्नै निर्वाचन क्षेत्रमा दाइजोको नाममा, बोक्सीको आरोपमा प्रताडित बनिरहेको, मजदुर महिलाहरू ज्यालामा ठगिएको, बेचबिखनमा परेको देख्दा सुन्दा निकै पिरोल्ने गरेको उनले बताएन् । तर, तुलनात्मक रुपमा केही परिवर्तन भने आएको थापाको अनुभव छ ।
उनी भन्छिन्, ‘घुम्टोले मुख छोप्ने महिला अहिले घुम्टो उघार्न सक्ने भएका छन्, घरेलु हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएका छन्, विद्यालयमा किशोरी र महिलाको संख्या बढीरहेको छ ।’

मधेश प्रदेश सभामा ३७ जना महिला र ७० जना पुरुष छन् । ३७ जना महिलामध्ये पनि कतिपय ‘नाता’, ‘कृपा’को कोटामा परेका छन् ।

नेकपा एमाले मधेश प्रदेशकी महिला सचेतक समेत रहेकी थापा अहिले महिलाकी आदर्श मात्र हैनन् सबैै महिलाको साथी बनेकी छिन् । थापालाई सबैले दिदी भनेर बोलाउँछन् । थापा जस्तै हरेक महिलाले साहस र उत्साह राख्ने हो भने परिवर्तन निकै नजिक छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com