Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

  • ३ वर्ष अगाडि

बारा, ११ फागुन निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारीरूपमा सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मधेस प्रदेशको बारामा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले मतदाता नामावली सङ्कलन एवं अद्यावधिक, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचनसम्बन्धी सूचना सहजरूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पु¥याउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “मतदान केन्द्र तथा मतदानस्थललाई सुरक्षित, सहज, पहुँचयोग्य र लैङ्गिक एवं समावेशी तथा अपाङ्गतामैत्री बनाउनेलगायतका काममा निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । ”

उहाँले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिले आयोग र जनताका बीचमा समन्वय र सहकार्य गरी सेतुका रूपमा काम गर्नुपर्ने जनाउँदै निर्वाचन तथा मतदाता शिक्षा आम नागरिकमा पु¥याउन आयोगको प्रतिनिधिका निर्वाचन सम्पर्क व्यक्तिले भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयुक्त डा तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम, निर्वाचन शिक्षा तथा मतदाता जागरण काम गरी सुसूचित मतदाता तयार गर्ने काम गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताउनुभयो । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com