Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लुम्बिनीमा ‘पिस म्याराथन’ हुने

  • ३ वर्ष अगाडि

लुम्बिनी, ८ चैत। भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ ।

‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो । यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतसँग छलफल भएको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार प्रदेश खेलकुद परिषद्को बुटवलमा सम्पन्न बैठकले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडी एंव प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रमका आवश्यक काम अगाडि बढाउने निर्णय गरेको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

परिषद् अध्यक्ष एवं सामाजिक विकासमन्त्री चन्द्रशेख गुप्ताको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको खेलकुदको अवस्था र आगामी दिनमा आयोजना गरिने प्रतियोगिता तथा खेल गतिविधिका विषयमा गम्भीर छलफल भएको थियो ।

बैठकमा सदस्य सचिव भट्टराईले परिषद्ले हालसम्मको प्रगति जानकारी गराउँदै प्रदेशमा गरिने खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने र यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्ने प्रस्तावका रुपमा राख्नुभएको थियो ।

बैठकले लुम्बिनीमा पहिलो पटक खुल्ला लुम्बिनी पिस म्याराथन आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्दै आयोजना प्रक्रियाका लागि आवश्यक तयारी गर्न सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

मन्त्री गुप्ताले खेलकुदको विकासका लागि दलगत आग्रह पूर्वाग्रह त्याग्दै खेल संस्थालाई काम गर्न आग्रह गर्नुभयो । उहाँले युवालाई खेलप्रति आकर्षण बढाउने र उनीहरुलाई प्रोत्साहान गर्ने दायित्व राज्यका अङ्गहरुको भएको हुँदा एकै पटक ठूलो योजना बनाउनुभन्दा सानोबाट काम सुरु गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com