Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘रङ्गमञ्चमा सबैको भूमिका आवश्यक’

  • ४ वर्ष अगाडि

काठमाडौँ, १४ चैत। नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्दपि रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चको रूपमा मात्र चिनिन्छ ।

चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । तर, रङ्गमञ्चले चाहे जस्तो प्रगती गर्न नसकेको बेलाबखतमा सुन्ने गरिन्छ । समूहवाद हाबी हुँदा नेपालको रङ्गमञ्च पछाडि परेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बताउनुभयो ।

६२औँ ‘विश्व रङ्गमञ्च दिवस’को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा आयोजित कार्यक्रममा कुलपति शर्माले भन्नुभयो, “कार्यक्रममा निम्ता गरिएका सबै रङ्गकर्मीको उपस्थिति हुँदैन । यो कार्यक्रममा पनि छैनन् । यसको कारण हामी समूहमा बाँडिएका छौँ भन्ने लाग्छ ।” सबैलाई एकै ठाउँमा भेटघाट गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

माला आर्टस् एकेडेमीको सहकार्यमा भएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उपकुलपति शम्भु राई, प्राध्यापक तथा लेखक अभि सुवेदी, वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री किरातीले रङ्गमञ्चले मनोरञ्जन दिने मात्र नभइ समाज र जीवन परिवर्तन गर्ने बताउनुभयो ।

“कला जीवनको महत्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसले समाज बदल्न भूमिका खेल्ने गरेको छ”, मन्त्री किरातीले भन्नुभयो । रङ्गमञ्च दिवसको अवसर पारेर रङ्गकर्मीले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com