Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । बागलुङमा रहेको आदर्श बिद्यालय स्पोर्ट्स क्लब को आयोजनामा जेठ १३ गते देखि १६ गते सम्म र्इन्टर एस ई ई कप हुने भएको छ । खेल बागलुङ नगरपालिका १ बाङ्गेचौर खेलमैदानमा हुने छ ।

एस ई ई दिएर बसेका बिद्यार्थीलाई लक्षित गरेर फुट्बल प्रतियोगिता राखिएकोको आदर्श बिद्यालय स्पोर्ट्स क्लबका अध्यक्ष राजेश के सीले जानकारी दिनुभयो ।

‘शरीर र मस्तिषकलाई स्वस्थ राख्न खेलकुद’ भन्ने नाराका साथ आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले कक्षा १० को परिक्षा सकेर विदाको समयमा उक्त विद्यार्थीलाई तन्दुरूस्त र स्वस्थ्य बनाउन उक्त प्रतियोगितको आयोजना गरेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक भुपेन्द्र केसीले जानकारी दिनुभयो ।
उक्त आइतबारबाट शुरू हुने अन्तर विद्यालय एसईई कप फुटबल प्रतियोगितामा १५ टिमको सहभागिता रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक रोशन क्षेत्रीले बताउनुभयो ।
प्रतियोगिता विजेताले नगद ६६ हजार ६६६ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आदर्श स्पोर्ट्स क्लबका प्रशिक्षक अनुप पाण्डेले जानकारी दिनुभयो।
त्यस्तै सेमिफाइनल प्रवेश गर्ने दुई टोलीलाई जनही ११ हजार १११ प्रदान गरिने र प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको ट्रफी अनावरण तथा टाईसेट प्रकाशन कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेशनल प्यावसन बागलुङका अध्यक्ष नेत्र प्रसाद न्यौपाने, नगर अध्यक्ष चन्द्र बहादुर क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पत्रकार सम्मेलन आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षता, विद्यालयका शिक्षक धन बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com