Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

स्थानीय सरकारले पनि ऐन नियम बनाएर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाको जोड

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । भेदभावविरुद्धको अभियान सफल बनाउन स्थानीय सरकारले पनि ऐन नियम बनाएर कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले अन्याय र विभेद सहने बानी अन्त्य गर्नुपर्ने पनि बताए ।

जातीय भेदभाग तथा छुवाछुत उन्मूलन दिवसको अबसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागीले बिभेदका साना साना रुपलाई अन्त्य गर्न नसक्दा अपराध बढेको बताए । उनीहरुले अन्याय र विभेद सहने बानी अन्त्य गर्नुपर्ने पनि बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले विभेद समाजमा निमिठ्यान्न नभएपनि कम गर्न पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तनले ल्याएको चेतनाबाट सामाजिक र आर्थिक परिवर्तन गर्न सक्नुपर्ने बताए । त्यसकालागि राजनीतिक नेतृत्वको इच्छाशक्तिलाई आम नागरिकको चेतनामा समेत लैजानुपर्ने धारणा राखे । उनले गणतन्त्रले एकखालको बिभेद अन्त्य गरेपनि कार्यान्वयनको क्रममा राजनीतिक नेतृत्वमा इच्छाशक्ती कम हुँदा बिभेदका प्रकारहरु मौलाएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले मानिस मानिसबीचको बिभेद अन्त्यले समाजमा शान्ति व्यवस्था कायम गर्ने बताए । उनले नगरपालिकाले यो अभियानमा समावेशी, समानुपातिक बिकासको अवधारणा अनुसार काम गर्ने पनि बताए । ‘अघिल्ला वर्षको तुलनामा भौतिक पूर्वाधार भन्दा सामाजिक बिकासका काममा चासो र लगानी बढाएका छौं तर त्यो पर्याप्त भएको छैन,’ उनले भने, ‘अझै पनि उचित नीति नियम र कार्यक्रम ल्याएर बिभेद अन्त्यकालागि रोजगारीका कार्यक्रम समेत ल्याउने लक्ष छ ।’ उनले मानिस मानिस बीचको बिभेद अन्त्यमा सबैको चासो बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, नेपाली कांग्रेसकी प्रतिनिधि शकुन्तला शर्मा, एमाले अध्यक्ष हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेपाल समाजवादी पार्टीका चित्र सापकोटा, नेकपाका प्रतिनिधि उत्तम सी, अन्तरपार्टी महिला संजालकी कोषाध्यक्ष ललिता थापा, प्रहरी उपरीक्षक ऋषिराम कंडेल, दलीत अभियानकर्मीहरु लक्ष्मण श्री, लक्ष्मी बोहोरा, ताराबहादुर बिक, बानपा २ का अध्यक्ष सुरज बोसेल, खेलाडी पर्शु बोहोरासहित कार्यपालिका सदस्यहरु, दलीत समुदायका अन्य प्रतिनिधि समेतले बोलेका थिए ।
उनीहरुले समाजमा जातको आधारमा, धनी र गरीब भएको आधारमा बिभेद खेपीरहेको समेत गुनासो गरेका थिए । कतिपयले वडा कार्यालयमा चिया पिउने क्रममासमेत विभेद भोग्नु परेको बताए । उनीहरुले समाजमा व्यक्ति–व्यक्तिबीचको बिभेद अन्त्य भएपनि सामुहिक बिभेद बढेको गुनासो गरे । उनीहरुले जन्म, मृत्यु र बिबाह संस्कारमा निम्तोसमेत नहुने गरी बिभेद बढेको बताए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, महिला बिकास निरीक्षक रचना आचार्यको संचालन र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा अधिवक्ता यामबहादुर चर्माकारले दलीत अधिकार र बिभेद बिरुद्धको अभियान बारे प्रस्तुतीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com