Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

निमित्त कार्यालय प्रमुख गौतमले ६ दिनदेखि रोकेका थिए अटो रिक्साको नाम सारी, प्रजिअ सुवेदीको निर्देशनपछि बन्यो काम

  • २ वर्ष अगाडि

सुवास आचार्य

असार,२ बागलुङ । यातायान व्यवस्था कार्यालय बागलुङले सवारी नामसारीमा नियतवस दुःख दिने गरेको फेला परेको छ ।

बागलुङ नगरपालिका-५ का शिव राज सार्कीले अटो रिक्सा पास गर्न खोल्दा निमित्त कार्यालय प्रमुख बद्रिनाथ गौतमले ६ दिनसम्म दुःख दिएर काम रोकेको पाइएको छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनीको नाममा दर्ता भई गत बैशाख २ गते शिव शक्ति अटोमोबाइलका नाममा नामसारी भैसकेको अटो रिक्सा खरीद गर्दा सार्कीले अटो रिक्सा पास गर्न ६ दिन धाउनु परेको हो ।

अटो रिक्सा खरीदको लागि सार्कीले जेठ २३ गते बागलुङ नगरपालिकाबाट सिफारिस लिई २५ गते यातायात कार्यालयमा पेस गरेकोमा २७ गते विल जारी भएपनि नामसारी गर्न निमित्त प्रमुख गौतमले दुःख दिएपछि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई गुहारेका थिए ।

एकै दिनमा हुने कामलाई ६ दिन कुराएपछि प्रमुख जिल्ला अधिकारी सुवेदीको निर्देशनमा बल्ल सार्कीको नाममा अटो रिक्सा शुक्रबार पास भएको छ ।

प्रमुख जिल्ला अधिकारीले काममा भएको ढिलासुस्तीको बारेमा निमित्त कार्यालय प्रमुख गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा बोलाएर प्रक्रिया पुरा गराएका सेवाग्राहीको काम सहज ढंगले तत्काल गर्न आवश्यक निर्देशन दिएपछि शुक्रवार काम बनेको थियो ।

यातायात कार्यालयमा सेवाग्राही र अटोमोबाइल व्यवसायीहरुले भोग्नु परेको हैरानी, काममा ढिलाइ तथा अनावश्यक जरिवाना तिराउने गरेको बारेमा समेत प्रजिअ सुवेदीले गौतमसँग सोधेका थिए ।

कार्यालयमा सेवा लिन आउने अटोमोबाइल व्यवसायी र सेवाग्राहीहरुलाई यातायात व्यवस्था कार्यालयका प्रमुख तथा निमित्त प्रमुख र केही प्राविधिक फाँटका प्राविधिकले काममा ढिलाइ गर्ने, ठूलो रकमको जरीवाना तिराउने, नियतबस दुःख दिने र घुमाउरो पारामा पैसासमेत मागेर दुःख दिने गरेका छन् ।

साथै ५ बजेसम्म खुल्ने कार्यालयमा राजश्व तिर्ने समय २ बजे नै बन्द हुँदा टाढा टाढाबाट आउने सेवाग्राही मर्कामा परेको छन् ।

एउटै काममा पटकपटक धाइरहनु , सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन अनि कर्मचारीका असभ्य व्यवहारका कारण पनि सेवाग्राहीहरु र अटोमोबाइल व्यवसायीहरु मानसिक रुपमा पीडित छन् ।

बागलुङलगाएत पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई समेत सेवा दिनु पर्ने कार्यालयमा सेवाग्राहीको भीड देखिए पनि कर्मचारीले समयमै काम नसक्दा सेवाग्राहीहरु पटकपटक कार्यालय धाउनु पर्ने बाध्यता रहेको छ ।

कार्यालय प्रमुख उप सचिव गुमा देवी शर्मा विदामा रहेकाले सूचना अधिकारी बद्रीनाथ गौतमले निमित्त प्रमुखको जिम्मेवारी समालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com