Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उपभोक्ता अधिकारको रक्षाका लागि बागलुङमा बजार अनुगमनको वार्षिक कार्ययोजना तयार हुने

  • २ वर्ष अगाडि

बागलुङ । उपभोक्ता अधिकारको रक्षाका लागि सेवा प्रदायकलाई जिम्मेबार बनाउन बागलुङमा बजार अनुगमनको वार्षिक कार्ययोजना तयार हुने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोरकारवालाले कार्ययोजना बनाएरै बजार अनुगमन गर्नेछन् ।
बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउने, बजारमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, शुद्धता र परिमाण लगायतका क्षेत्रमा उपभोक्ता ठगिन नदिने तथा व्यवसायको प्रवर्द्धनमा समेत सघाउने गरी कर्ययोजना बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताए । उपभोक्ताबाट बजार अनुगमन प्रभावकारी नहुँदा पटक पटक ठगिने गरेको गुनासो आएकाले प्रशासनले सक्रियता देखाएको हो ।
प्रशासन, स्थानीय तह, उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, पर्यटन, स्वास्थ्य कार्यालय र उद्योग वाणिज्य संघको सहभागितामा कार्ययोजना तयार हुने सुवेदीले बताए । तयार पारिएको कार्ययोजना कार्यान्वयनका लागि आवश्यक काम गर्न कार्यविभाजन समेत हुने छ ।
सरोकारवालाको बैठकले व्यवसायी र उपभोक्ताको व्यवसायिक आचारसंहिता सहितको ब्रोसर तथा प्रचार सामग्री प्रयोगमा ल्याउने निर्णय गरेको छ । अनुगमन र कारवाहीभन्दा सचेतनालाई प्राथमिकतामा राखेर उपभोक्ताको हितमा काम गर्नुपर्ने उनले बताए ।
सबै स्थानीय तहको सहभागितामा उपभोक्ता सचेतना अनुगमन कार्यक्रम सञ्चालन गर्ने, विषयगत निकायले विषयविज्ञ समावेश गरी कार्ययोजनासहित अनुगमनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, औषधी व्यवसायी संघ, तरकारी, फलफूल लगायतका छाता संगठनबाट हाल व्यवसाय र कारोबार गरिरहेका फर्मको विवरण संकलन गरी अनुगमन कार्ययोजनामा समावेश गरेर मसिनो गरी अनुगमन, सचेतना र कारवाही प्रक्रिया अघि बढाईने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com