Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा रहेका सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि

  • २ वर्ष अगाडि

बागलुङ ।जिल्लामा संघीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा बागलुङको संघीय अनुदान र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको छ । आर्थिक वर्ष २०७९/२०८० संघीय कार्यालय अन्र्तगतको पुँजीगत खर्च ७१.९४ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८०/२०८१ पुँजीगत खर्च बढेर ७९.७६ प्रतिशत भएको छ ।

पुँजीगत बजेट आर्थिक वर्ष २०७९/२०८० मा बिनियोजन भएको रु.दुई अर्ब ३३ करोड ८३ लाख २६ हजार ६५० मध्ये रु. एक अर्ब ६८ करोड २० लाख ८० हजार १६४ खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०८०/२०८१ बिनियोजन भएको रु. एक अर्ब ४३ करोड ६३ लाख ८९ हजार ३९५ मध्ये रु.एक अर्ब १४ करोड ५६ लाख ७४ हजार २७५ अर्थात ७९.७६ प्रतिशत खर्च भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बजेटको आकारमा कमी आएपनि जम्मा बजेटको तुलनामा खर्च बढेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख धर्मभक्त बस्यालले जानकारी दिनुभयो । गतवर्षको भुक्तानी तथा ठूला आयोजनाहरु यसैबर्ष धेरै सम्पन्न भएका कारण पुँजीगत खर्च बढेको जनाउदै पूँपजगत खर्च बढ्नु भनेको विकास निर्माणले तिब्रता पाउनु भएको बताउनुभयो ।

संघीय कार्यालयको ३६, प्रदेश कार्यालयको एक र जिल्लाका १० स्थानीय सरकारलाई आएको संघीय अनुदान सहित ४७ कार्यालयको बजेट बिनियोजनका आधारमा चालु तथा पुँजीगत खर्च ९३.१३ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चालु खर्चमा समेत कमी आउनु सकरात्मक भएको बस्यालको भनाई छ ।

बस्यालका अनुसार चालु खर्च घटाउन सकेमा विकास खर्च बढ्ने बताउदै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रु. २६ करोड ५३ लाख ३६ हजार २२३ रकम कम खर्च भएको छ । गत आर्थिक वर्षमा सवारीसाधन तथा तलब भत्तामा कम खर्च भएको आकलन गरिएको छ । “बिनियोजन बजेटलाई आधार मान्दा विकास बजेटको खर्च बढेको छ भने चालु खर्च घटेको छ ,यो सकरात्मक कुरा हो, चालु खर्च घट्बा विकास बढ्छ” बस्यालले भन्नुभयो संघीय सरकारको मात्रै हैन प्रदेश सरकार अन्र्तगत बागलुङका कार्यालयहरुको समेत पुँजीगत अघिल्लो आर्थिक वर्षको तुलनामा ८.६ प्रतिशतले खर्च बढेको छ, निर्माण व्यवसायीले काम गरेपनि भुक्तानी नपाएको गुनासो छ, बहुवर्षी आयोजनामा धेरै भुक्तानी दिन सकेको भए अझै पुँजीगत खर्च बढ्ने थियो ।” गण्डकी प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुले अघिल्लो वर्षमा ७३.८० खर्च भएकोमा गत आर्थिक वर्षमा पुँजीगत खर्च बढेर ८२.४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट अघिल्लो आर्थिक वर्षमा बागलुङका २० कार्यालयलाई प्राप्त रु.दुई अर्ब ४१ करोढ ९ लाख ८५ हजार ९६५ मध्ये रु. एक अर्ब ७७ करोड ९३ लाख ५९ हजार २५७ खर्च भएको थियो । गत आर्थिक वर्षमा प्रदेश मातहतका कार्यालयलाई प्राप्त रु. एक अर्ब ९७ करोड ६६ लाख २५ हजार मध्ये रु. एक अर्ब ६२ करोड ८८ लाख ८८ हजार ३०७ अर्थात ८२.४० प्रतिश खर्च भएको छ । उक्त खर्च गत आर्थिक वर्षको प्रतिशतमा ८.६ ले वृद्धि भएको छ ।

प्रदेश मातहतको चालु र पुँजीगत जोड्दा ७९.३ प्रतिश वित्तिय प्रगति भएको आचार्यले जानकारी दिनुभयो । धेरै बजेट खर्च गर्ने कार्यालयमा सडक डिभिजन कार्यालय बागलुङ, खानेपानी तथा सरसफाई कार्यालय, बागलुङ, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय बागलुङ र पूर्वाधार विकास कार्यालय बागलुङ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com