Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

क्षेत्री समाज बागलुङको तीज विशेष कार्यक्रम १५ र १६ गते हुने

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ , ९ भदौ ।  क्षेत्री समाज बागलुङले  हरितालिका तीज विशेष कार्यक्रम भदौ १५ र १६ गते हुने भएको छ ।  कार्यक्रम क्षेत्री महिला समाज बागलुङ र क्षेत्री नगर समाज बागलुङको आयोजना र  क्षेत्री समाज बागलुङको सहयोगमा हुन लागेको अध्यक्ष रुद्र वहादुर महतले जानकारी दिनुभयो ।

तीज विशेष कार्यक्रम अन्तरगत खुल्ला तीज गीत प्रतियोगिता गरिनेछ । प्रतियोगितामा एक समुहमा ७ जनासम्म कलाकार सहभागि हुन पाइनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ, तेस्रो हुनेले १० हजार रुपैयाँ र सान्तवना हुनेले ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा एकजना कलाकारलाई उत्कृष्ट पुरस्कार वितरण गरिनेछ । उत्कृष्ट हुने कलाकारलाई दुई हजार रुपैयाँले पुरस्कृत गरिने अध्यक्ष महतले बताउनुभयो ।

प्रतियोगितामा कुनै व्यक्ति, जातजाति, धर्म , राजनीतिक दल आदिलाई आक्षेप नलगाइएको मौलिक गीत गाइनु पर्ने हुन्छ । प्रतियोगितामा सहभागि हुन इच्छुकले यहि भदौ १४ गते साँझसम्म दर्ता गरिसक्नु पर्नेछ । कार्यक्रमको लागि करिब ४ लाख २९ हजार १०० रुपैयाँ खर्च  लाग्ने आयोजकले जनाएको छ । खर्चको व्यवस्थापन विभिन्न शुभेच्छुक व्यक्ति तथा संस्थाहरुबाट सहयोग उठाइएको  अघ्यक्ष महतको भनार्इ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com