Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

  • १ वर्ष अगाडि

प्रयागराज, १७ माघ । भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा 
मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।

यससँगै उनले यो भागदौडमा कूल ६० जना घाइते भएका छन भने जसमध्ये ३६ जना अस्पतालमा भर्ना रहेको बताए । अन्य व्यक्तिलाई प्राथमिक उपचार दिइएर पठाइएको छ ।  विजय किरण आनन्द र वैभव कृष्ण डीआईजी महाकुम्भले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । केही व्यक्तिले ब्यारिकेड तोडेर अगाडि जान खोजेकाले उक्त दुर्घटना भएको उनले बताएका छन् ।

डिआइजी वैभव कृष्णले ब्रह्म मुहूर्त अघि ठूलो भीडको चाप रहेको र त्यसपछि ब्यारिकेडहरू तोडियो। प्रशासनले ९० जनालाई अस्पताल पुर्याएको थियो । ३६ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेला क्षेत्र र अखाडाका केही ब्यारिकेड फुटेका कारण दुर्घटना भएको हो । दौडिरहेका भक्तहरूको खुट्टा मुनि भुइँमा लडिरहेका भक्तहरू दबिएका थिए। प्रहरीका अनुसार मेला प्रशासनमा कुनै पनि भिआइपी प्रोटोकल थिएन, भक्तजनहरु ब्रह्म मुहूर्तको पर्खाइमा थिए । त्यसपछि पछाडिबाट भीडको दबाब आयो र यो दुर्घटना भयो। 

भीडको दबाबका कारण भागदौडजस्तै अवस्था सिर्जना भए पनि घटनापछि प्रहरी प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उत्तर प्रदेश प्रहरीको द्रुत प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुन नसकेको स्थानीयको भनाइ छ । दुर्घटनामा परेका प्रत्यक्षदर्शीले प्रहरी कर्मचारी हाम्रा लागि ईश्वरको सन्देशवाहक बनेर आएको नत्र ठूलो संख्यामा ज्यान गुमाउन सक्ने बताएका छन् ।

मौनी अमावस्याका कारण महाकुम्भ मेलामा ठूलो संख्यामा भक्तजन पुगेका थिए । बुधवार रातीदेखि नै शुभमुहूर्तमा संगममा डुब्नका लागि भक्तजनहरु तयार भएका थिए । यसैबीच भागदौडको घटना भएको हो । त्यसपछि प्रहरी प्रशासन अलर्ट मोडमा आयो । त्यस्तै मेला क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएको छ । सवारी साधनको प्रवेश पास रद्द गरिएको छ । बाटो एकतर्फी बनाइएको । प्रयागराज छेउछाउका ५ जिल्लाबाट आउने सवारी साधन जिल्लाको सिमानामा रोकिएका छन् । सहरमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा पनि रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

ताजा समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com