Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लखन कप: पुरुष भलिबलको पहिलो चरणको खेल सकियो

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , १५ फागुन । चौथो लखन कप २०८१ खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएको छ । पहिलो चरणको खेल अन्तर्गत मंलबार ६ खेल सम्पन्न भए । मंगलबार भएको पहिलो खेलमा भिमापोखरा खेलकुद विकास समितिले हर्राचौर युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । भिमापोखराले २५—१५ र २५—२१ को सहज जित हात पार्दै अघिल्लो चरणको यात्रा सुनिश्चीत गरेको हो ।
दोस्रो खेलमा खुसी डेन्टल होमले बिहानी युवा क्लब गौश्वारालाई २—१ सेटले पराजित गरेको छ । पहिलो सेट २५—१६ ले आफ्नो पोल्टामा पारेको खुसी डेन्टलले दोस्रो सेट २५—२३ ले बिहानी युवा क्लबलाई सुम्पिन पुग्यो । तेस्रो तथा निर्णायक सेटमा उत्कृष्ट पुनरागमन गर्दै खुसी डेन्टलले २५—१५ को सहज जित हात पारेको हो । मंगलबारको तेस्रो खेलमा काठेखोला—१ पालाले जैमिनी नगरपालिका—३ लाई सोझो सेटमा पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश ग¥यो । पहिलो सेट २६—२४ को संघर्षपूर्ण जित हात पारेको पालाले दोस्रो सेट भने २५—१५ ले सहज रुपमा हात पा¥यो ।
पहिलो सेटमा १२—२४ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै पालाले २६—२४ को जित हात पारेको थियो । विपक्षी टिम १२ अंकमा हुँदा अन्तिम अंक ल्याएको जैमिनी नगरपालिका—३ ले लगातार १४ अंक गुमाउँदै सेट पनि गुमायो र अन्ततः खेल नै गुमाउन पुग्यो । चौथो खेलमा एलके भिलेज लेखानीले खेलकुद विकास समिति रायडाँडालाई सोटो सेटमा पराजित ग¥यो । पहिलो सेट २५—२१ ले जितेको लेखानीले दोस्रो सेट २५—२३ ले आफ्नो पक्षमा पारेका थियो ।
पाँचौं खेलमा काठेखाला गाउँपालिका—७ रेशलाई सोझो सेटमा पन्छाउँदै तमानखोला गाउँपालिका—६ नर्जाखानी अघिल्लो चरणमा प्रवेश गरेको छ । नर्जाखानीले पहिलो सेट २५—२३ र दोस्रो सेट २६—२४ ले जित हात पा¥यो । मंगलबारको अन्तिम तथा समुह चरणको अन्तिम खेलमा अनुशा एण्ड अस्मित होटल रेष्टुरेन्ट गलकोट नगरपालिका—१ दुदिलाभाटीले तित्याङ भलिबललाई सोझो सेटमा पराजित ग¥यो । अनुशा एण्ड अस्मितले २५—१७ र २५—१७ को सेटमा खेल जितेको थियो । बुधबार बिहान ७ बजेबाट दोस्रो चरण अन्तर्गका खेलहरु सञ्चालन हुनेछ ।
बुधबारको पहिलो खेल सिगाना भलिबल बानपा—८ का विरुद्ध भिमापोखरा खेलकुद विकास समिति, दोस्रो ८ बजे तमानखोला—६ नर्जाखानी विरुद्ध पुन समाज नरेठाँटी, तेस्रो खेल पकुवा भलिबल पर्वत विरुद्ध काठेखोला—१ पाला, चौथो खेल तंग्राम भलिबल विरुद्ध खुसी डेन्टल होमबीच हुनेछ । छैठौ खेलमा सिगाना र भिमापोखराको विजेतासंग अनुशा एण्ड अस्मित रेष्टुरेन्टले प्रतिस्पर्धा गर्नेछ भने सातौ खेलमा तंग्राम र खुसी डेन्टलबीचको विजेतासंग एलके भिलेज लेखानीले प्रतिस्पर्धा गर्नेछ ।
४३ औं मगर दिवसको अवसरमा आयोजित चौथो लखन कप खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिता, महिला, पुरुष लठो तान्ने प्रतियोगिता, महिला पुरुष छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ । पुरुष भलिबलको प्रथम पुरस्कार नगद ८१ हजार एक सय ८१ रुपैयाँ र द्वितीय पुरस्कार ४१ हजार एक सय ४१ रुपैयाँ पुरस्कार राखिएको छ । महिला भलिबलका लागि प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार १५ हजार रुपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिता

दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com