जेठ, १४ बागलुङ । म्याग्दीको बेनी नगरपालिका ३ डाडाखानी घरभै बागलुङ वस्ने देव बहादुर छन्त्यालको उपचारको लागि बागलुङ नगरपालिका – १, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विद्यालयले आफ्नै विद्यार्थी सलिना छन्त्याल, र सजिना छन्त्यालका बुवाको उपचारमा सहयोग होस भनि १ लाख २६ हजार ७ सय ५ रुपैयाँ सहयोग गरेको हो ।
विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले छन्त्यालका श्रीमति सुशिला छन्त्यfल र सलिना छन्त्याललाई हस्तान्तरण गर्नु भएको थियो।
उक्त रकम विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुबाट संकलन गरिएको विद्यालयले जनाएको छ ।
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना कालदेखि मानविय र सामाजिक क्षेत्रहरुमा सहयोग गर्दैै आइरहेको छ । ४६ वर्षिय छन्त्यालले सुगरको कारण देव्रे खुट्टा गुमाई सकेका छन् भने, मुटु र मृगौलाका समेत विरामी छन् ।
घर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपाचारमा समस्या भएको श्रीमती शुसिला छन्त्यालले बताउनुभयो । छन्त्यालका दुई छोरी मध्य जेठी छोरीले सोही चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलबाट एसईइ परिक्षा दिएकी छन् भने कान्छीछोरी कक्षा ८ मा अध्ययनरत छन् ।










